संघियता बिरुद्धमा राजमो धारापानी र खनदहमा सभा ठुला दलहरुको कारण गणतन्त्र कमजोर भयोः भट्ट

गोपाल प्रसाद भट्टराई
माघ–०९,अर्घाखाँची
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले काग्रेस, एमाले र माओवादीका
कारण गणतन्त्र कमजोर भएको आरोप लगाउनुभएको छ । नयाँ संविधान पछिको
तथ्याकं हेर्दापनि आलोपालो सत्तागमन गर्दै देशमाथि रिणको भार थोपर्ने
बाहेक अरु केहि गर्न नसक्दा व्यवस्था कमजोर स्थितिमा पुगेको उहाँको जिकिर
छ ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बुधबार भूमिकास्थानको धारापानीमा आयोजना
गरेको संघियता बिरुद्धको जनसभालाई सम्बोधन गर्दै महासचिव भट्टले अबपनि दल
नसच्चिएमा मुलुकमा राजा वा प्रतिगमनको पुनरागमन हुने चेतावनी समेत
दिनुभएको छ ।
सत्तारुढ दल र नेताको गलत प्रवृतिका कारण राजावादी र पश्चगमनकारीहरु
सल्बलाउने क्रम बढेकोले देश र व्यवस्था जोगाउन नागरिक एक जुट हुनुपर्नेमा
उहाँको जोड छ । दलका नेता र नातागोता व्यवस्थापन गर्ने थलो बनेको संघियता
खारेजीको विकल्प नभएको भन्दै महासचिव भट्टले आसन्न चैतमा राजमोको
आयोजनामा हुने संघियता बिरुद्धको काठमाडौं केन्द्रित आन्दोलनलाई निर्णायक
बनाउन आम नागरिक संग अपिल समेत गर्नुभएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा भूमिकास्थान
नगरप्रमुख झविलाल थापा, केन्द्रिय सदस्य सागर के.सी., पूर्व जिल्ला सचिव
तथा भूमिकास्थान–४ का वडाध्यक्ष बाबुराम पन्थी, राष्ट्रिय जनमोर्चा
भूमिकास्थानका अध्यक्ष हिमलाल बन्जाडे, प्रगतिशिल पत्रकार संघका
केन्द्रिय सचिव गोपाल प्रसाद भट्टराई र मुल प्रवाह अखिल भारत नेपाली एकता
समाजका नयाँ दिल्ली नगर अध्यक्ष दिनेश पन्थीले पनि मन्तव्य राख्नुभएको
थियो ।
कार्यक्रममा बोल्दै उहाँहरुले संघियता विरोधी आन्दोलन मसालको मात्र नभएर
सम्पूर्ण देशभक्त नेपालीको आन्दोलन भएको स्पष्ट पार्नुभएको छ । राजमोको
आन्दोलनलाई सघाउन सम्पूर्ण देशभक्त जनतासंग उहाँहरुको अपिल रहेको छ ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा भूमिकास्थान ४ का अध्यक्ष कृष्ण सुनारको
अध्यक्षता, स्थानिय नेता दण्डप्रसाद भुसालको स्वागत मन्तव्य र राजमो
भूमिकास्थान ४ का सचिव झविन्द्र चुंदालीको संचालनमा सम्पन्न भएको हो ।
यसैविच  बुधबार नै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले मालारानीको खनदहमा
पनि संघियता बिरुद्धको सभा सम्पन्न गरेको छ । मालारानी–१,२,३ र ४ नम्बर
वडाको संयुक्त सभा मालारानीको खनदह बजारमा सम्पन्न गरिएको हो ।
मालारानीको बाँगी, गोखुङ्गा र हंसपुरबाट समेत राजमोका नेता तथा
कार्यकर्ताको सहभागितामा सम्पन्न सभामा राजमो लुम्बिनी प्रदेश सल्लाहकार
शेर बहादुर वि.सी. र जिल्ला उपाध्यक्ष गोपाल पौडेलले सम्बोधन गर्नुभएको
थियो ।
सभामा बोल्दै उहाँहरुले संघियता कुनैपनि किसिमले देशको हितमा नभएको
बताउँदै खारेजीको निम्ती एक जुट हुन अपिल गर्नुभएको छ ।
आसन्न चैतमा हुने संघियता बिरुद्ध काठमाडौं केन्द्रित आन्दोलनको तयारी
स्वरुप आयोजना गरिएको कार्यक्रममा राजमो मालारानीका अध्यक्ष योगेन्द्र
थापाको अध्यक्षता, जिल्ला सचिवालय सदस्य भिमलाल आचार्यको स्वागत मन्तव्य
र अर्का सचिवालय सदस्य कमल प्रसाद घिमिरेको संचालन रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation