
भारत रेल दुर्घटना: मृतकको संख्या १२ पुग्यो, ४० घाइते
महाराष्ट्रको जलगांवमा बुधबार साँझ भएको रेल दुर्घटनामा मृत्यु हुनेको संंख्या १२ पुगेको छ। दुर्घटनामा ४० जना घाइते भएका छन्।
पधाडे रेलवे स्टेशनस्थित लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएको थियो। हल्लापछि कसैले चेन तानेर ट्रेन रोकेका थिए। यात्रुहरु डरका कारण चलिरहेको रेलबाट हामफाल्न थाले।
भारतीय सञ्चार माध्यमका अनुसार यात्रुहरू रेलबाट हाम फालेर उनीहरु अर्को ट्र्याकमा बसेकै समयमा अर्को ट्र्याकबाट आइरहेको कर्नाटक एक्सप्रेसले उनीहरूलाई किचेको थियो।