
बुटवल, माघ ९ गते । महिलाको पाठेघरको मुखको क्यान्सर विरुद्दको खोप अभियान रुपन्देहीमा सञ्चालन हुने भएको छ । विद्यालयहरुलाई केन्द्रित गरेर १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई रुपन्देहीमा एच.पि.भी खोप लगाउने तयारी भएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्लामा दुई चरण गरी १० वटै स्थानीय पालिका भित्रका विद्यालयहरुमा पढ्ने कक्षा ६ देखि कक्षा १० सम्मका किशोरीहरुलाइ खोप लगाइने छ ।
रुपन्देहीका सबै स्कुलहरमा पढ्ने ५८ हजार ८ सय ८९ जना किशोरीलाई महिलाको पाठेघरको मुखको क्यान्सर विरुद्दको एच.पि.भी खोप लगाईने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीले जानकारी गराए ।
पहिलो चरणमा यही माघ २२ गतेदेखि २९ गतेसम्म खोप लगाईने छ । पहिलो चरणमा बुटवल उपमहानगरपालिका, सिद्दार्थनगरपालिका, सैनामैना नगरपालिका, कञ्चन गाउंपालिका, गैडहवा गाउंपालिका, शुद्दोधन गाउंपालका, सियारी गाउंपालिका र मायांदेवी गाउंपालिकामा खोप लगाइने छ ।
यि आठवटा स्थानीय तहका विभिन्न स्कुलमा कक्षा ६ देखि १० कक्षासम्म पढ्ने ३१ हजार ९ सय ५६ जना किशोरीहरुलाई खोप लगाइने छ ।यि आठवटा स्थानीय तहमा ३ सय ६२ ठाउंमा खोप केन्द्र सञ्चालन गरिने स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत सुरेन्द्रप्रसाद दुवेदीले जानकारी गराए ।
देवदह नगरपाािलका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउंपालिका, रोहिणी गाउंपालिका, लुम्बिनी सा.स्कृतिक नगरपालिका, कोटहिमाइ गाउंपालिका, मर्चवारी गाउंपालिकामा दोस्रो चरण फाग्नको १ गतेदेखि ६ गतेसम्म खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय रुपन्देही बुधबार रुपन्देहीमा कार्यक्रम आयोजना गरी जानकारी गराएको छ ।
फागुन १ गतेदेखि ६ गतेसम्म खोप अभियान सञ्चालन गरिने स्थानीय तहमा विभिन्न ठाउंमा ६ सय ८५ स्थानमा खोप केन्द्र सञ्चालन गरी २६ हजार ९सय ४२ जना किशोरीहरुलाई खोप लगाउने योजना छ ।
विश्व स्वास्थ्य संगठनमा कार्यरत डा. सागर तिवारीले एच.पि.भी खोप कुन असर नर्गने र खोप ९८ प्रतिशत प्रभावकारी रहेको बताए ।
एक पटक खोप लगाएपछि किशोरीहरुले दोस्रो पटक खोप लगाउन नपर्ने र गर्भवती महिलाले लगाउन नहुने डा. सागर तिवारीले जानकारी गराए ।
रुपन्देहीमा एच.पि.भी खोप अभियान २०८१ बरे रुपन्देहीमा जिल्ला खोप समन्वय समितिको बैठक र सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गरिएको छ ।
सोही कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चापागाईले किशोरीहरुको स्वास्थ्यका लागि खोप उपयुक्त भएकाले अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीले खोप अभियानलाई सफल बनाउन स्वास्थ्य र सञ्चार क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक पर्ने बताए ।
बुटवल उपमहानागरपालिकाका स्वास्थ्य विभाग प्रमुख युवराज पाण्डेयले खोप अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न र यसबारे जनचेतना जगाउन मिडियाकर्मीको सहयोग आवश्यक पर्ने बताउंदै सही सूचना प्रकाकशन र प्रसारण गरेर सहयोग पुराउन आग्रह गरे ।
स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत खिमलाल पाण्डेयले खोपले कुनै असर नगर्ने र धेरै फाइदा गर्ने भएकाले ढुक्क भएर लगाउने गरी समाजमा सही प्रकारको सूचना दिन जरुरी रहेको बताए ।
महिलाको पाठेघरको मुखको क्यान्सरबाट नेपनलमा वार्षिक रुपमा २ हजार महिलाको मृत्यु हुने गरेको विश्वस्वास्थ्य संगठनको तथ्याकंले देखाएको छ ।