मोटरसाइकलको ठक्करबाट ६५ वर्षीय दुर्गाबहादुर थापाको मृत्यु

रुपन्देही , बुटवल उपमहानगरपालिका–१२ तामनगरमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ६५ वर्षीय दुर्गाबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत तामनगर क्षेत्रमा पैदलयात्रा गरिरहेका थापालाई लु ९३ प ९३७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते थापालाई तत्कालै उपचारका लागि चौराह अस्पताल, बुटवल लगिएको थियो। तर, उपचारका क्रममा उनको बिहीबार ज्यान गएको नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले जनाएको छ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई घटनाको आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation