
राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले संघीयता असफल प्रमाणित भैसकेको कुरा बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा गढवा गाउपालीका दाङ देउखुरीको आयोजनामा भएको अन्तर्कृया कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै उक्त कुरा बताउनु भएको हो । संघीयताले उत्पन्न संकट र त्यसका विरुद्धको राजधानी केन्द्रित आन्दोलनको प्रस्न विषयक अन्तर्कृया कार्यक्रममा पार्टीको धारणा राख्दै आगामी चैत्र २४ देखि सम्पुर्ण रुपमा खारेज गर्नको लागि काठमाडौ केन्द्रित आन्दोलन गर्नु परेको कुरा बताउनु भयो । राष्ट्रिय जनमोर्चाले संघीयताको स्थापना देखि निरन्तर संघर्ष गरेको कारण देश जातीय राज्य बाट जोगिएको , धेरै प्रदेश बन्न बाट जोगिएको , एक मधेस एक प्रदेश बाट जोगिएको , आत्मनिर्णयको अधिकार बाट जोगिएको हुनाले हामिले यसरी बहस र आन्दोलन गर्न सकेको बताउनु भयो । उहाले अगाडी थप्नु भयो संघीयता अब हामिले खारेज नगर्ने हो भने देश ठुलो समस्यामा पर्ने कुरा बताउनु भयो ।
यसैगरी राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेशप्रसाद आचार्यले कार्यक्रमको विषय प्रवेश गराउदै बिश्वब्यापी रुपमा अपनाइएको संघीयता को सिद्धान्त सित नेपाली संघीयताको कुनै सैद्धान्तिक आधार नभएको हुनाले नेपाली संघीयता ब्याबहारीक मात्र हैन सैद्धान्तिक रुपमा पनि गलत भएको कुरा बताउनु भयो । उहाले नेपालमा कुनै आधारमा पनि संघीयता सहि नभएको , अहिले आर्थिक रुपमा संघीयता सहि नभएको सबैले बुझेको हुनाले चैत्र २४ देखिको आन्दोलन सफल हुने बिश्वास ब्यक्त गर्नु भयो । उहाले अगाडी भन्नु भयो प्रदेशलाइ पाल्दा सम्पुर्ण राज्यकोश समाप्त भएको , सरकार बिकाश ,उत्पादन र रोजगारीमा लगानि गर्न नसकेको कारण युबाहरुमा निराशा र पलायनको भाबना वृद्धि भएको कुरा समेत बताउनु भयो ।
पालिका अध्यक्ष कपिलदेब खनालको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य लालबहादुर भण्डारी , जनता समाजबादी पार्टीका पालिका अध्यक्ष महबुब अलि , नागरिक समाजका गढवा गाउ पालिका अध्यक्ष खगेस्वर शर्मा लगायत सबैले संघीयता नेपालका लागि सहि नभएको , यो केबल कार्यकर्ता पाल्ने थलो मात्र भएको कुरा बताउनु भएको थियोे । जिल्ला सदस्य दिनमणि आचार्यको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण पालिका सचीव टुकमान कुवरले गर्नु भएको थियोे ।