
बसन्त राज गोराथोकी । स्वर्गद्वारी प्युठान,
प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर ९ जुडापाटा स्थित रहेकाे विद्यानन्द माध्यामिक विद्यालयमा अखिल (छैठौं) को इकाई समिति गठन
राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगर समिति सचिव तथा स्वर्गद्वारी न.पा ४ का वडा सदस्य डोर्ण बहादुर रावल को प्रमुख उपस्थितिमा तथा पूर्णिमा थापाको अध्यक्षता मा २०८१ माघ १३ गते आइतबार का दिन कार्यक्रम सञ्चालन भहि सो समिति गठन भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राउलले विद्यार्थी आन्दोलन मा अखिल छैठौँ ले पुराएको भुमिका को बारेमा पनि विद्यार्थी लाई जानकारी दिँदै, विद्यालयको शैक्षिक कार्यक्रममा पनि सक्रियता देखाउनु पर्छ भन्नु भएको छ।शैक्षिक विकृति, भष्टाचार, महँगी, बारे आवाज उठाउन सबै विद्यार्थी साथी हरलाई अखिल (छैठौं) मा आवद्ध हुन आग्रह गर्नुभयो ।
उक्त कार्यक्रम ले पूर्णिमा थापाको अध्यक्षतामा १५ सदस्यीय इकाई समिति गठन भएको छ।
तपसिल
अध्यक्ष: पूर्णिमा थापा
उपाध्यक्ष: सुजल परियार
सचिव: रोशनी खत्री
सहसचिव: पूजा वि.क
कोषाध्यक्ष: मञ्जु सुनार
सदस्य: गीत घर्ति मगर , अनिता घर्ति मगर, अक्षिता रसाईली, विपिन धामी , अनमीका नेपाली , सुस्मिता सुनार, प्रीती बुढा मगर, भुमा बुढा मगर, रञ्जिता बुढा मगर, निशाना बुढा मगर रहनुभएको छ।
कार्यक्रममा अखिल (छैठौं) स्वर्गद्वारी नगर सदस्य आत्माराम सुनार कोे पनि उपस्थिति रहेको थियो भने सञ्चालन अखिल (छैंठौ) राष्ट्रिय परिषद सदस्य बसन्त राज गोराथोकी ले गर्नुभएको थियो ।