
खिमराज चालिसे
चंडिगढ
२६ जनवरी २०२५
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतको ७६ औ गणतन्त्र दिवस समारोहमा आज आईतबार २६ जनवरी २०२५ को रक्तिम साँस्कृतिक अभियानका गित र नृत्यको प्रस्तुती दिएको छ।
भारतको हिमांचल राज्यको किन्नोर जिल्ला स्थित रिकांगपिओमा आयोजित समारोहमा गित तथा नृत्य प्रस्तुत गर्न मूल प्रवाहलाई प्रशासनले निमन्त्रणा दिएको आधारमा प्रस्तुती दिईएको हो।
रक्तिम साँस्कृतिक अभियान जापानको पहिलो कोसेली एल्बम “एउटै यात्रा” नामक प्रगतिशिल गितमा रिकांगपिओका नेपाली बालीकाहरु सुनिता, त्रिसना, मेघा, नन्दिता र नैनाले नृत्य प्रस्तुती दिएका थिए ।
“एउटै यात्रा” गितको रचना संगीत लीला परियारको, स्वर- लीला परियार, नवीन बस्याल, टिका केसी र करिश्मा थापाको रहेको एल्बम हो। संगीत संयोजन नारायण दंगेलले गर्नु भएको यहि रक्तिम साँस्कृतिक अभियान जापानको पहिलो एलबम मूल प्रवाह रिकांगपिओको रोजाईमा परेको राज्य समितीका सह सचिव मिथुन सिंहले जानकारी दिनु भएको छ ।
राज्य समितीका सहसचिव मिथुन सिंह, नगर अध्यक्ष गोपाल जंग शाहि, उपाध्यक्ष निर्मल सिंह र नगरका नेताहरु तारा चन्द र रतन लगाएत उपस्थित रहेको सो समारोहमा नेपाली सास्कृतिक टिमलाई पुरस्कृत समेत गरिएको थियो ।
मूल प्रवाह रिकांगपिओले गतवर्ष को ७५ औ गणतन्त्र दिवस समारोहमा पनि नेपाली गित तथा नृत्य प्रस्तुत गरेको थियो।