स्वर्गद्वारी साना किसान सहकारी संस्था लिमिटेड द्वारा ८ जना कृषकलाई हाते ट्याक्टर वितरण

बसन्त राज गोराथोकी। स्वर्गद्वारी प्युठान

मिति २०८१/१०/१५ गतेका दिन स्वर्गद्वारी साना किसान सहकारी संस्था लिमिटेड ले एउटा कार्यक्रम गरी ८ जना कृषक लाई हाते ट्याक्टर वितरण गरेको छ
स्वर्गद्वारी साना किसान सहकारी संस्था लिमिटेडको अध्यक्ष छवि कुमारी गुरुङ को अध्यक्षता मा सञ्चालन भएको कार्यक्रम मा प्रमुख अथिति स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारी हुनुहुन्थ्यो। अथितिहरु स्व.न.पा ७ का वडा अध्यक्ष सुरज जि. एम , वडा सदस्य दामोदर कालाथोकी, कृषि प्रमुख संजय चौधरी हुनुहुन्थ्यो।
कार्यक्रम लाई सम्बोधन गर्दै भण्डारी ले हाम्रो पालिकामा कृषक को माग अनुसार उक्त हाते ट्याक्टर वितरण गर्न लागेको बताउनु भयो । नयाँ प्रविधि को प्रयोग बाट कृषक लाई खेती पाती गर्न सजिलो हुनेछ र यसबाट उत्पादन भएको समान लाई बजार सम्म पुर्याउन कृषि यम्बुलेन्स को व्यवस्था रहेको छ भन्नुभयो।
हाते ट्याक्टर बिग्रेमा घरमा नै बनाउन सक्नु पर्छ भने कुरालाई मध्येनजर गर्दै जलुकेमा १५ दिने हाते ट्याक्टर मर्मत सम्बन्धी तालिम सञ्चालन भएको र आगामी दिन हरुमा प्रत्येक टोल विकास समिति लाई १/१ ओटा हाते ट्याक्टर वितरण गर्नको लागि ८४ लाख रुपैयाँ छुट्याएको समेत जानकारी दिनुभयो।
उक्त कार्यक्रम को सञ्चालन स्वर्गद्वारी साना किसान सहकारी संस्था लिमिटेड मा कर्यरह कर्मचारी मालती विश्वकर्मा ले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation