स्वर्गद्वारीमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता –२०८१ शुरु

सन्तोाष सुनार प्यूठान । स्वर्गद्वारी नगरपालिकामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता –२०८१ शुरु भएको छ । बुधबार “ खेलकुद हाम्रो शान, खेलाडी उत्पादनमा हाम्रो अभियान” मुल नाराको साथ स्वर्गद्वारी नगरपालिका ४ बाझिपुरमा प्रमुख अथिति लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्रि सरोज थापा (रोज राणा) ले पानसमा बत्ति बालेर उद्घाटन गरी विद्यालय स्तरीय छैठौँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगीता सुरु गरिएको हो ।

खेलकुद प्रतियोगीता कार्यक्रममा सहरी विकास तथा खानेपानी मन्त्रि सरोज थापा (रोज राणा)ले खेलकुद राष्ट्रको शान र स्वास्थ्यको लागी फाईजनक रहेको बताउदै आफ्नो मन्त्रालय नभएपनि खेलकुद विकासमा सहयोग गर्ने बताउनु भएको छ । प्यूठान जिल्लामा महत्वपुर्ण रुपमा रहेको विकास निर्माणका कार्यहरु सडक , खेलकुद मैदानको स्तरउन्नति सँगै खानेपानीबाट बन्चित रहेका जनसमुदायमा खानेपानीको सुविधा गराउने समेत मन्त्रि थापाले बताउनु भएको थियो ।

त्यस्तै स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेकप्रसाद भण्डारीले नगरस्तरमा रहेका खेलकुद मैदानलाई संरक्षण गर्नूका साथै खेलाडीलाई आवश्यक पर्ने सामाग्रीहरु सहयोग गर्ने बताउनु भएको थियो । खेलहरुमा पन्ध्र सय दौड प्रतियोगीता , सटफुट र ने. रा. मावि कोचिबाङ र उमा महेश्वरी मावि सारी छात्र तर्फ भलिबल प्रतियोगीता भएको हो ।

दौड प्रतियोगीतामा छात्रतर्फ प्रथम जनता मावि बर्जिबाङ, दोस्रो अमर मावि वडा नं.३ र तेस्रो बाल मावि अडेबास भएको हो भने छात्रातर्फ प्रथम सूर्यदय मावि बेलबास, दोस्रो जनता मावि बर्जिबाङ र तेस्रो बालमावि अडेबास भएको खेल प्रशिक्षक जीबन श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै सटफुटमा छात्रतर्फ प्रथम विद्यानन्द मावि जुडापाटा , दोस्रो अमर मावि र तेस्रो लोकचेतना एकेडेमी भएको छ भने छात्रातर्फ प्रथम बालमावि अडेबास , दोस्रो अमर मावि स्वर्गद्वारी नगरपालिका ३ र तेस्रो गङ्गेश्वरी मावि बाझिपुर भएको हो ।

भलिबल प्रतियोगीतामा उमा महेश्वरी सारीले ने.रा..माविलाई जितेको छ । बाकि खेलहरु विहिबार हुदैछन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation