
राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर समितिले घोराही उपमहानगर पालिकाले मालपोत र ब्यबसायीक कर वृद्धि गरेकोमा त्यसको निन्दा तथा भ्रत्सना गर्दै उक्त कार्यको बिरोध गरेको छ । उपमहानगर समितिका अध्यक्ष मनिराम खानालले प्रेस बिज्ञप्ती मार्फत उपमहानगर ले मालपोत र कर वृद्धि गर्दा साथ आफ्नो पार्टीले उक्त कदमको बिरोध गरेको कुरा जनाउनु भएको छ ।
बिज्ञप्तीमा भनिएको छ नेपालको अनावश्यक बोझको रुपमा स्थापना भएको संघीयताका कारण यसरी तिनै तहका सरकारहरु कर वृद्धि गरिरहेकाछ्न । यो बोझ बाट मुक्त हुनको लागि संघीयताको खारेज गर्न जरुरी छ । त्यसैले सम्पुर्ण जनतालाइ संघीयता विरुद्धको आन्दोलनमा सामेल हुन अपिल गर्छौ । अगाडी भनिएको छ सरकार चलाउन जनताको ढाड सेक्ने गरी कर वृद्धि गर्ने हैन बरु फजुल खर्च लाइ कटौति गर्दै जानुपर्छ । प्रदेशको मात्र खर्च कटौती गर्दा शिक्षा र स्वास्थ्य निसुल्क गर्न सकिने हुदा प्रदेश खारेज गर्नु पर्ने र वृद्धि भएका सम्पुर्ण कर र मालपोत फिर्ता हुनु पर्ने , यदि फिर्ता नभए आन्दोलन गर्न बाध्य हुने कुरा समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।