
दाङ ,जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले संघीयता सत्तासिन दलहरुले सत्ता स्वार्थको लागि स्वीकार गरेको कुरा बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा राप्ती गाउपालीका दाङ को आयोजनामा संघीयताले उत्पन्न संकट र त्यसका विरुद्धको राजधानी केन्द्रित आन्दोलनको प्रस्न विषयक अन्तर्कृयामा प्रमुख अतिथिको आसन बाट बोल्दै थापाले उक्त कुरा बताउनु भएको हो । उहाले अगाडी भन्नु भयो संघीयता नेपाली आन्दोलनको मुद्दा नभएर बिदेशी शक्तिराष्ट्रहरुले आफ्नो स्वार्थको लागि नेपालमा थोपरेको , त्यो स्वीकार नगर्ने हो भने सत्ताको स्वार्थ बाट बिमुख हुनु पर्छ भन्ने डर र बिदेशीहरु अगाडीको दब्बु मानसिकताका कारण नेपाली सासकहरु स्वीकार गरेको बताउनु भयो । सासकहरु बिदेशीको इसारा मान्ने उनको पेट भर्न जनताले कर तिर्नु पर्ने । यो हाम्रो सबैभन्दा ठुलो बिडम्बना हो । उहाले अगाडी भन्नु भयो । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले कार्यक्रमको विषय प्रवेश गराउदै संघीयताको लागि नेपालमा कुनै आधार नभएको थाहा हुदा हुदै पनि शक्तिराष्ट्रहरुको इसारामा सत्ता स्वार्थको लागि स्वीकार गरेका हुन भन्नु भयो । संघीयता को सैद्धान्तिक आधारका हिसाबले नेपालको संघीयता ठिक उल्टो भएको कुरा उहाले बताउनु भयो । संघीयता अपनाउने बिस्वब्यापी अबधारणाका हिसाबले पनि नेपाली अबधारणा ठिक उल्टो भएको उहाले बताउनु भयो ।
राप्ति गाउपालीका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य तथा राप्ती ४ का अध्यक्ष बिर बहादुर चौधरी , नेकपा का केन्द्रिय सदस्य बिक्रम कटुवाल , नेकपा एमालेका पालिका अध्यक्ष मदन अधिकारी , माओवादी केन्द्रका पालिका उपाध्यक्ष तुला गिरी, ऐरावती बहुमुखी क्याम्पसका सहायक प्रमुख तुलसि राम पौडेल , शिक्षक बुद्धिजीवी जिबराज शर्मा लगायतले मन्तव्य राख्नु भएको थियोे ।
समसेर केसि को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन गिरबहादुर पौडेलले गर्नु भएको थियोे ।