
माघ १७ गते, बुटवल
नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीका जिल्ला सल्लाहकार, सामाजिक अगुवा एवं पाका कम्युनिस्ट नेता खिम बहादुर थापाको यहि माघ १५ गते उपचारको क्रममा ७३ वर्षको उमेरमा भएको निधन प्रती शोक ब्यक्त गर्दै नेकपा रुपन्देहीले श्रद्धाञ्जली ब्यक्त गरेको छ ।
जनयुद्धदेखि एकीकृत जनक्रान्ती सम्मको यात्रामा निरन्तर क्रान्तिका पक्षमा महत्त्वपूर्ण योगदान गर्दै आउनु भएका थापाको लामो समय देखि मृगौलाको समस्याका कारण उपचारकै क्रममा निधन भएको थियो ।
नेकपा जिल्ला सेक्रेटेरी बिरेन्द्र सी द्वारा हस्ताक्षरित शोक वक्तव्यमा थापाको निधनले पार्टी आन्दोलनमा अपुरणीय क्षति पुगेको उल्लेख गर्दै एक असल अभिभावक गुमेेको जनाएको छ।
(यस्तो छ शोक बक्तव्य)
शोक वक्तव्य
नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीका जिल्ला सल्लाहकार, सामाजिक अगुवा एवं पाका कम्युनिस्ट नेता आदरणीय कमरेड खिम बहादुर थापाको यहि माघ १५ गते ७३ वर्षको उमेरमा भएको असमायिक दु:खद निधनले हामी र हाम्रो पार्टीलाई निकै मर्माहत एवं स्तब्ध बनाएको छ । आदरणीय कमरेड खिम बहादुर थापा जनयुद्धदेखि एकीकृत जनक्रान्ती सम्मको यात्रामा निरन्तर क्रान्तिका पक्षमा महत्त्वपूर्ण योगदान गर्दै आउनु भएको थियो । उहाँ लामो समय देखि मृगौलाको समस्याका कारण उपचारमा हुनुहुन्थ्यो र उपचारकै क्रममा दु:खद निधन भएको हो । उहाँको निधनले उहाँको परिवार मात्र नभई सिङ्गो पार्टी र समाजले एउटा असल अभिभावक गुमाएको छ । यस दु:खद घडीमा उहाँको योगदानको उच्च सम्मान र स्मरण गर्दै आदरणीय कमरेड खिम बहादुर थापाप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।
………….
विरेन्द्र सी
सेक्रेटेरी