इन्टलेक्चुअल स्कूलमा निशुल्क स्वास्थ परिक्षण सहित खाना महोत्सव 

 

बुटवल,माघ  १७ / बुटवल ११ कालीकानगर भुवनसिङमार्गमा  रहेको इन्टलेक्चुअल स्कूलमा   बिहीबार निशुल्क स्वास्थ्य परिक्षण सहित खाना महोत्सव   खेलकुद गरिएको छ ।

स्कुलका सल्लाहकार एवं लुम्बिनी प्रादेशिक अस्पतालका नाक कान तथा घाटीरोग बिभागका प्रमुख डा. बिष्णु शर्माको नेतुत्वमा गरिएको निशुल्क परिक्षणमा  तिलोत्तमा हस्पिटल  बुटवलका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. मोहनलाल तिवारी , लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ बालबिषेशज्ञ डा. नेत्र बहादुर राना , कन्सलटेन्ट फिजिसियन डा.  सागर पौडेल,नाक कान घाटी रोग विशेषज्ञ डा .सबिता अर्यालले  अभिभावक र विद्यार्थीहरुको परिक्षण गर्नुभएको थियो ।

बिहिवार नै कक्षा ६ देखी ९ कक्षासम्मका विद्यार्थीहरुले खाना महोत्सव गरेका थिए ।महोत्सवमा विद्यार्थीहरुले परम्परागत नेपाली खानाका प्रकारहरु बनाएर अभिभावकहरुलाई खुवाएका थिए।विद्यार्थीहरुले बनाएका परिकार अभिभावकहरुले रुचाएका थिए । सोही महोत्सवमा कक्षा ५ का विद्यार्थीहरुले फलफुल र तरकारीका गेडागुडीहरु  को स्टल राखेर खरिदबिक्री गरेका थिए ।

स्वास्थ परिक्षण र खाना महोत्सवसंगै तेस्रो त्रैमासिक परिक्षाको नतिजा पनि सार्बजनिक गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation