अर्घाखाँचीको गोखुङ्गामा संघीयता बिरोधि सभा सम्पन्न

 

शंकर प्रसाद पोख्रेल
माघ -१७ अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका -९गोखुङ्गामा संघीयता बिरोधि सभा सम्पन्न भएको छ। उक्त सभालाई राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसीले सम्बोधन गर्दै ,देशमा प्रदेश खारेज गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो केसिले राष्ट्रिय जनमोर्चाले आउंदो चैत्र २४ देखि ३० गते सस्म्म आफ्नो पाटी राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको लागि काठमाडौं केन्द्रित आन्दोलन गर्नेभएको उक्त आन्दोलनमा सम्पुर्ण नेपाली जनताहरुको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा राजमो जिल्ला सचिबालय सदस्य कमल प्रसाद घिमिरे ,जिल्ला सदस्य भिमलाल आचार्यले समेत मन्तव्य राख्नुभएको थियो।कार्यक्रमको अध्यक्षता टोपलाल घिमिरेले गर्नुभएको थियो भने स्वागत भासण राजमो मालारानी अध्यक्ष योगेन्द्र थापा र संचालन राजमो पालिका सचिब सुदिप पन्थिले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation