संघीयताको सवालमा प्युठानको मच्छिमा अन्तरक्रिया ,संघीयता असफल भयो : प्रवक्ता जिसी

 


माघ १७;प्युठान “संघीयता र राष्ट्रियता” बिषयक अन्तरक्रिया कार्यक्रम झिमरुक गाउँपालिकाको मच्छीमा सम्पन्न भएको छ।
• राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका समितिको आयोजनामा भएको अंतरकृया कार्यक्रममा संघीयता र राष्ट्रियताको बारेमा छलफल गरिएको हो।
अन्तरक्रिया कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका अध्यक्ष सिद्धीमान जिसीले राष्ट्रियता र संघीयता सम्बन्धि अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।

अन्तरकृया कार्यक्रममा बोल्दै नेकपा मसालका लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसीले संघीयता बिना केही हुदैन भन्ने  भ्रम  फैलाएकाे बताउनु भयाे ।

आर्थिक सामर्थ्यता र भुगाेलका कारण पनि नेपालमा संघिय प्रणालि आवश्यक नरहेकाे उहाँकाे भनाई छ । “देशमा संघिय शासन व्यवस्था असफल भईसक्याे”, उहाँले भन्नुभयाे, “अहिले संघियताकाे पक्षमा वकालत गर्ने दलका लागि समेत याे घाडाे भयकाे छ ।”

• सत्ता  र सरकारलाई ठुलादलहरुले प्रमुख, ठान्दा राष्ट्रियता र आर्थिक हिसावले समेत देश निकै कमजाेर हुँदै गयकाे उहाँकाे भनाई छ । पार्टी भन्दा माथी उठेर राष्ट्रियता र राष्ट्रप्रती सबैको साझा धारणा बनाएर जान  उहाँले सबैलाई आग्रह गर्नुभयो।

जनता सचेत नभए सम्म देश अगाडि जान नसक्ने भन्दै सबै नेपालीले राष्ट्रप्रति उच्च सतर्कता आपनाउनु पर्ने  उहाँकाे भनाई थियाे ।

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले राष्ट्र र राष्ट्रियताकाे सवालमा संघियता घातक भईसकेकाे बताउनु भयाे । “संघियताकाे प्रभाव हेर्दैजाने हो भने जनतामा नैरास्यता पैदा भएको छ”, उहाँले भन्नुभयाे, ईमान्दार भएर मतदान गर्ने हो भने नेपाली जनताले यसलाई खारेज गरिदिन्छन ।”

देश टुक्र्याउन मदत पुग्नेगरि बिदेशीको चाहाना अनुरुप संघीयता ल्याइएको उहाँको भनाइ छ। नेपालको आर्थिक स्रोतले हालको संरचना धान्न नसक्ने बताउदै उहाँले आर्थतन्त्र कमजोर बन्दै गएको अवस्थामा यसलाई खारेजिको विकल्प नभएको बताउनुभयो।
पूर्व प्रदेश सांसद तथा अनेमसंघ कि केन्द्रीय सचिव तारा जिसीले हामी प्रदेश सभामा मित्रहरूले भने झै भागविलाे र अंश लिन हैन संघीयताकाे कारण देशमा सामान्य खर्च समेत धान्न विदेशकाे भर पर्नु परेकाे मात्र नभै संघीयता कै कारण देशकाे एकता र अखण्डतामा समेत गम्भीर समस्या उत्पन्न भएको तथ्य सदनबाटै उठाउने गरेको रिकड हेर्न अनुराेध गर्नुभयो ।
पुराना  बुद्धिजीवी नेता डेगेन्द्र जिसीले संघीयता नेपालमा जबर्जस्त आएको बताउनु भयाे ।   देशका ठुला नेताहरुले भारतको इशारामा संघीयता लाद्ने काम भएको उहाँकाे आराेप छ ।

बुद्धिजीवी ऋषिराम पोख्रेलले प्रदेश सरकार खारेज गरेर स्थानीय सरकारलाई सबल बनाउनु पर्ने   बताउनुभयो।
अन्तरकृया कार्यक्रमको अन्तिममा  राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेशका सल्लाहकार बासुदेव पोख्रेलले  सहभागीहरुले राखेका प्रश्न, जिज्ञासा र उठेका समग्र  बिषयबस्तु माथी प्रस्टाउनु भएको थियोे ।

राजनैतिक दलका नेता, समाजसेवी, बुद्धिजीवी हरुको उपस्थिति रहेको थियोे।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सचीव ईन्द्रमणि पोख्रेल, नेपाली काङ्ग्रेस झिमरुक गाउपालिकका उपाध्यक्ष दामोदर पोख्रेल, नेकपा माओवादी केन्द्र झिमरुक गाउँपालिका अध्यक्ष झग बहादुर जिसीले मन्तव्य राख्नु भयकाे थियाे ।

अन्तरकृया कार्यक्रममा  राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य नारायण जिसी,अनेकिसान महासंघका केन्द्रीय सचिव वीर बहादुर जिसी,जातीय समता समाजका केन्द्रीय सचिव आईन्द्र सिह विक,युवक संघ केन्द्रीय सदस्य वसन्त केसी,पूर्व उपाध्यक्ष पवित्रा जिसी,वार्ड नं ४ का वडाध्यक्ष सिताराम पाेख्रेल,५ का दधिराम पाेख्रेल,७ का कृष्ण जिसी ६ का पूर्व वडाध्यक्ष निमान सिह जिसी,एमाले झिमरूक का उपध्यक्ष रामचन्द्र भण्डारी,जुमानसिह केसी लगायत पत्रकारहरू, झिमरूकका जनजाति नेता तथा विभिन्न राजनैतिक दलका नेता, समाजसेवी, बुद्धिजीवी हरुको उपस्थिति रहेको थियोे।

राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका अध्यक्ष टीका बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रमको संचाल चोप बहादुर बिकले गर्नु भएको थियोे। भने स्वागत राजमाे पालिका समिति का सचिव देबेन्द्र जिसीले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation