
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले प्रतिनिधिसभामा प्रश्न गर्नुभएको छ : ‘राजनीतिक दलप्रति यतिका घृणा भएपछि देश रहन्छ ?’
२०८१ माघ १८ गते शुक्रबार प्रतिनिधिसभाको बैठकमा मन्तव्य राख्दै उहाँले सो प्रश्न सांसदमाझ राख्नुभएको हो ।
‘आज मुलुकको तस्बिर के छ रु सबैभन्दा बढी घृणा राजनीतिक पार्टीहरूप्रति छ’ उहाँले भन्नुभयो–’यस्तो भएपछि मुलुक रहन्छ ?’
अध्यक्ष केसीले पहिला पहिला राजनीतिक पार्टीप्रति उच्च सम्मान भएको स्मरण गर्नुभयो ।
लोकतन्त्र गणतन्त्र आएपछि राजनीतिक दलको नेतृत्वले सही काम गर्न नसक्दा नै यस खालको अवस्था आएको उहाँको ठम्माइ थियो ।
‘हामीप्रति यतिका घृणा किन गरिएको छ, तपाईहरूले ख्याल गर्नुभएको छ ?’ उहाँले भन्नुभयो–’हामीले यस्तो भाष्य बनाएका छौँ, नेपालमा केही हुन्न । केही गर्न विकसित देश जानुपर्छ, नभए अरबका खाडी जानुपर्दछ ।’
उहाँले तिनै अरबका खाडीका नेपालीले पठाएको रेमिट्यान्स सरकार र संसद् चलाइरहेको दाबी गर्नुभयो ।
सांसद केसीले राजनीतिक दलप्रतिको घृणाले सिङ्गो देश प्रभावित हुने धारणा राख्नुभयो ।
‘लोकतन्त्र कसैले बक्सिस दिएको हो र हामीलाई ? हामीले जेलनेल, यातना खाएर ल्याएको होइन यो व्यवस्था ?’ उहाँले भन्नुभयो–’आज हामीले जनतालाई के दियौँ ? महँगी, भ्रष्टाचार, राष्टघात । यही त हो हामीले दिएको ।’
देशमा उद्योगव्यवसाय नखोलिएकाले दिनमा हजारौँ युवा विदेशिने गरेको बताउँदै राजनीतिक दलप्रतिको घृणालाई गम्भीर रूपमा लिनुपर्ने धारणा उहाँको थियो ।
फरक प्रसङ्गमा उहाँले संविधान नै संशोधन गर्ने हो भने प्रदेश संरचना खारेज गर्ने गरी संविधान संशोधन गर्न आग्रह गर्नुभयो ।
त्यस्तै, युएसएडले अरू सहयोग परियोजनाको रकम रोक्का गर्दा एमसिसी नरोकेकोप्रति संसद्को ध्यानाकष्ण गराउनुभयो ।
‘तपाईंहरूले बुझ्नुभयो कुरा रु युएसएडले अरू रकम रोक्दा एमसिसीको रकम किन नरोकेको ’ उहाँले भन्नुभयो– ‘तपाईंहरूले अहिले पनि बुझ्नुभएन कुरा ।