गायिका एलिना चौहानद्वारा सम्बन्धविच्छेदको मुद्दा दर्ता

माघ- १८

काठमाडौं । गायिका एलिना चौहानले सम्वन्ध विच्छेद मुद्दा दर्ता गराउनु भएको छ ।

काठमाडौ जिल्ला अदालतमा वारेश  विष्णु खरेल मार्फत चौहानले मुद्दा दर्ता गराउनु भएको हो । बाग्लुङ घर भै हाल अस्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटा संग चौहानको गत बैशाख ५ गते बिवाह भएको थियो ।

केही समयको प्रेमपछि उनीहरुले लगनगाँठो कसेका थिए ।

श्रीमान विष्णु सापकोटाले मानसिक यातना दिएको र सम्बन्ध राम्रो नभएको भन्दै एलिनाले सम्वन्ध विच्छेद मुद्दा दर्ता गराएको फिराद पत्रमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation