झिमरूक गाउँपालिकामा चौथो राष्टपति रनिङसिल्ड प्रतियोगिता मच्छीमा सम्पन्न

माघ -१८

नारायण जिसी

झिमरूक गाउँपालिकाको_आयोजनामा चौथो राष्टपति रनिङ_सिल्ड_प्रतियोगिता_ मच्छीमा सम्पन्न भएको छ।
प्रतियोगितामा बालशिक्षा मा.वि .मच्छीले १२ स्वर्ण ,५ रजत र ३ कास्य गरि जम्मा २० पदक जितेर प्रथम, सत्य मा.वि. तुषाराले ५ स्वर्ण ,६ रजत र ७ कास्य गरी जम् १८ पदक जितेर द्वितीय र जनता मा.वि .टिमुरचौरले ४ स्वर्ण ,३ रजत र २ कास्य गरि जम्मा ९ पदक जितेर तृतीय भएका छन् ।
बालशिक्षा माविले लगातार ३ वर्ष सिल्ड जितेर सिल्ड हात पारेको छ।
३० वटा विधाका खेलमा सामुदायिक तर्फका १२ विद्यालयले भाग लिएको र एकमात्र संस्थागत विद्यालय गाैमुखी आवशीय मा.वि.ले भाग नलिएकाे बताइएको छ। साथै
चिरायु मा.वि. चिसावाङ्ग मार्चपासमा उत्कृष्ट भएको छ।
झिमरुक गाउँपालिकाका शिक्षा शाखा प्रमुख माेहन वि.सी.ले बताउनु भयाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation