नेपाली जनताले संघीयता राष्ट्रिय जनमाेर्चाले खारेज गरिदिए हुन्थ्यो भन्ने आशय राख्दछन्- नेता खत्री

प्युठान माघ १८ गते “संघीयता र राष्ट्रियता” बिषयक अन्तरक्रिया कार्यक्रम मल्लरानी गाउँपालिकाको केन्द्र तथा जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको छ।
• राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका समितिको आयोजनामा भएको अंतरकृया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बिचार प्रकट गर्दै राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेश अध्यक्ष बम बहादुर खत्रीले संघीयता खारेज गर्न ढिलाइ गर्न नहुने बताउदै संघीयताको कारण देशकाे सार्वभौमिकता,एकता र अखण्डता विखण्डनको संघारमा पुगेको बताउनुभयो । संसारका  दुई दर्जन करिव राष्ट्रहरू याे शासन प्रणाली कै कारण अस्तित्व र विकासको गतिमा शिखर चुमेकाे भए पनि सबै परिस्थिति र राष्ट्रहरूमा यसकाे हुबहु नक्कल सहि हुन नसक्ने दावा गर्दै कैयौं देशहरू संघीयता थाम्न नसकि फर्केका समेत उदारण रहेकाे तथ्य स्पष्ट गर्नुभयो ।  संघीय व्यवस्था कुन कुन अवस्थामा लागू गर्नु उपयुक्त हुन्छ भन्ने सैद्धान्तिक पक्षहरूकाे चर्चा गर्दै नेता खत्रीले संघीय व्यवस्थाकाे आदर्श राज्य मानिने स्वइजरलैण्डका प्रतिनिधि समेतले विभिन्न अन्तर्राष्ट्रिय फाेरमहरूहरूमा नेपालका राजनेताहरूलाइ याे व्यवस्थामा नजान सुझाए पनि त्यसकाे अनदेखिकाे परिणामहरू अहिले गम्भीर रूपमा प्रकट भएको बताउनु भयाे। आज देश भित्र प्रत्येक पंक्तिमा रहेका एकता,अखण्डता  र स्वाधीनताका पक्षधर देशभक्तहरूले आस्थाकाे नाममा संघीयताले सिर्जना गरेको राष्ट्रियता माथिकाे गम्भीर खतराकाे रमिते बन्न नहुने बताउनु भयो ।आफु चुप रहने संघीयता राष्ट्रिय जनमाेर्चाले खारेज गरिदिए हुन्थ्याे भन्ने आसयले राष्ट्रले ठूलाे मुल्य चुकाउन पर्ने हुन सक्छ,अत: राष्ट्र बचाउने अभियानमा सबैले आ-आफ्नाे ठाउबाट हातेमालो गर्न अनुराेध गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा विशिष्ट अतिथि राजमाे केन्द्रीय सदस्य तथा मल्लरानी गाउँ पालिका अध्यक्ष कृष्णबहादुर खड्का,नेकपा(मसाल)का प्यूठान जिल्ला प्रबक्ता राम पहाडी,राजमाे केन्द्रीय सदस्य नारायण जिसी,अनेकिसान महासंघका जिल्ला अध्यक्ष गिरीराज पाैडेल प्रगतिशील पत्रकार संघ प्यूठानका अध्यक्ष प्रज्जवल पहाडी    र जातीय समता समाजका केन्द्रीय सदस्य सुर्य बहादुर सार्कीले पनि छलफलमा विचार प्रकट गर्नुभएको थियोे । अन्तर्क्रियामा राजमाे जिल्ला सदस्य बालकृष्ण श्रेष्ठ,युवक संघका निवर्तमान उपाध्यक्ष हुमलाल नेपाली र केन्द्रीय सदस्य सीता पुन,नेपाल रेडक्रस साेसाइटी खलंगा शाखाका महामन्त्री दामाेदर शर्मा उद्योग बाणिज्य संघ खलंगा बजार क्षेत्रका अध्यक्ष बासु श्रेष्ठको पनि उपस्थिति रहेको थियोे । अवधारणा पत्र अखिल नेपाल जनजाति सम्मेलनका महासचिव अमरध्वज रानाले पेश गर्नु भएको अन्तरक्रियामा संचालन राजमाे मल्लरानीका सचिव दुर्गा बहादुर थापा,स्वागत सल्लाहकार तथा वार्ड दुईका निर्वाचित वडाध्यक्ष लेख बहादुर थापा र अध्यक्षता समितिका उपाध्यक्ष डाेर प्रसाद पाेख्रेल ले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation