कुटपिटबाट एकजनाको मृत्यु

झापा। झापाको कमल गाउँपालिका-७ मा भएको कुटपिट घटनामा एकजनाको मृत्यु भएको छ। माघ १७ गते ३७ वर्षीय पुन्य प्रसाद बास्तोलाले सामान्य विवादका क्रममा सोही स्थानका ४५ वर्षीय देबलाल चौधरीलाई लाठीले प्रहार गर्दा गम्भीर घाइते भएका थिए। उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लगिएको चौधरीको उपचारकै क्रममा निधन भएको हो।

यस घटनामा संलग्न बास्तोलालाई प्रहरीले माघ १८ गते पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation