बुटवलको चाैराहमा ट्रकको ठक्करबाट स्कुटर चालककाे मृत्यु

रुपन्देही माघ २०। बुटवलको राजमार्ग चाैराहमा भएकाे सवारी दुर्घटनामा एक जनाकाे ज्यान गएकाे छ। बुटवल बाट भैरहवा जांदै गरेको ट्रकले साेहीदिशा तर्फ जांदै गरेको स्कुटरलाई राजमार्ग चाैराह चाेकमा ठक्कर दिदा उक्त दुर्घटना भएकाे हाे।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका अनुसार लु ९४ प ८५९४ काे स्कुटरमा सवार यात्रुलाई ल २ ख ८८६ नम्बरको ट्रकले ठक्कर दिएकाे थियो।

दुर्घटनामा गम्भीर घाइते स्कुटरमा सवार यात्रु बुटवल १० कालिकानगरका ७० बर्षिय धन बहादुर पुनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएकाे प्रहरीले जनाएको छ।

ठक्कर दिएर भागेको ट्रक र चालक नवलपरासीका पुर्ण बहादुर गुराैलाई तिलाेत्तमा नगरपालिका ड्राइभरटाेलबाट नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। घटना बारे अनुसन्धान सुरु भएकाे प्रहरीले बताएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation