पाथीभरामा केबलकार निर्माता र आन्दोलनरत पक्षबिच ६ बुँदे सहमति

काठमाडौं । मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माण विवादमा आन्दोलनरतपक्ष र सरकारी वार्ता समितीबीच मँगलबार ६ बुँदे सहमति भएको छ। वार्ता सहजीकरण समितिको तर्फबाट सरस्वती सिंगक (सरु) र वार्ता टोलीका संयोजक सहसचिव प्रेम प्रसाद भट्टराईबीच भएको सहमतिको पहिलो बुँदामा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा  २०८१ माघ २७ मा  विस्तृत छलफल गर्ने उल्लेख गरिएको छ।

अन्यमा मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने र मुक्कुमलुङ संरक्षक पक्षधरहरूबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न २०८१ माघ २७ मा बिहान ११ बजे वार्तामा बस्ने सहमति भएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation