स्वर्गद्वारी बहुमुखी क्याम्पसमा अखिल (छैठौं) को इकाई समिति गठन

 

बसन्त राज गोराथोकी। स्वर्गद्वारी प्युठान,
माघ २३ – प्युठान जिल्लाको स्वर्गद्वारी बहुमुखी क्याम्पसमा अखिल (छैठौं) को इकाई समिति गठन गरिएको छ। कार्यक्रम अखिल (छैठौं) केन्द्रिय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सेवक भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रिय कोषाध्यक्ष कमल पौडेल विशेष अतिथि तथा अखिल (छैठौं) केन्द्रित परिषद सदस्य बसन्त राज गोराथोकी अतिथि रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सेवक भट्टराईले विद्यार्थी आन्दोलन र क्याम्पसमा हुने शैक्षिक गतिविधिमा अखिल (छैठौं) ले पुर्याएको योगदानबारे जानकारी दिनुभयो। साथै, क्याम्पसमा शैक्षिक विकृति, निराशा पलायन, र वैदेशिक रोजगारीजस्ता मुद्दामा आवाज उठाउन सबै विद्यार्थीलाई अखिल (छैठौं) मा आवद्ध हुन आग्रह गर्नुभयो।

कार्यक्रमको अध्यक्षता शौरव पण्डितले गर्नुभएको थियो। सो अवसरमा १५ सदस्यीय क्याम्पस इकाई समिति गठन गरिएको छ।

गठित समिति यस प्रकार रहेको छ:
• अध्यक्ष: शौरव पण्डित
• उपाध्यक्ष: रेश्मा यौगी
• सचिव: सविता विश्वकर्मा
• सहसचिव: संगीता पुन
• कोषाध्यक्ष: पार्वती खत्री
• सदस्यहरू: सूचना गुरुङ, पुस्पा राउत, सारा परियार, दनसरी राना मगर, ममता के.सी, प्रथिना सुनार, नन्दराम क्षेत्री, शिशिर परियार, रेशमा पुन मगर, सञ्जिता पुन मगर

कार्यक्रमको सञ्चालन अखिल (छैठौं) केन्द्रित सदस्य तथा प्युठान जिल्ला सचिव लक्ष्मण पुन मगरले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation