
बसन्त राज गोराथोकी। स्वर्गद्वारी प्युठान,
माघ २३ – प्युठान जिल्लाको महेन्द्र मा.वि खलङ्गामा अखिल (छैठौं) को इकाई समिति गठन गरिएको छ। कार्यक्रमको अध्यक्षता शिखा शाही ले गर्नु भएको थियो। कार्यक्रम अखिल (छैठौं) केन्द्रिय सचिव जीवन नेपालिको प्रमुख आतिथ्यतामा र केन्द्रिय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सेवक भट्टराईको विशेष आतिथ्यतमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जीवन नेपालि ले अखिल( छैठौँ )को इतिहास ,विद्यार्थी आन्दोलन, देशको राजनीति अबस्था प्रष्ट पर्नुको साथै युवा विद्यार्थी पलायनका कारण देशमा पारेको असर र संघियता नेपालमा असफल भएको जानकारी गराउँदै काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन अनुरोध गर्नु भएको थियो।
त्यसै गरी विशेष अथिति सेवक भट्टराई ले +१२ सम्म निःशुल्क शिक्षा हुनु पर्छ। विद्यार्थी आन्दोलन र विद्यालयमा हुने शैक्षिक क्रियाकापहरूमा अखिल (छैठौं) ले पुर्याएको योगदानबारे साथै, प्यूठानको शैक्षिक विकृति, वैदेशिक रोजगारी,निराशा पलायन, जस्ता मुद्दामा आवाज उठाउन सबै विद्यार्थीलाई अखिल (छैठौं) मा लाग्नको लागि आग्रह गर्नुभयो।
कार्यक्रमले अध्यक्षता मा २५ सदस्यीय इकाई समिति गठन गरिएको छ।
तपसिल
• अध्यक्ष: सुनिता सुनार
• उपाध्यक्ष: सागर सुनार
• सचिव: सोनिया नेपाली
• सहसचिव: सम्झना सुनार
• कोषाध्यक्ष: विशाल सुनार रहनु भएको छ।
कार्यक्रमको सञ्चालन अखिल (छैठौं) केन्द्रिय परिषद सदस्य बसन्त राज गोराथोकी ले गर्नुभएको थियो।