भानुभक्त मा.वि बरबोटमा अखिल (छैठौं) को इकाई समिति गठन

 

बसन्त राज गोराथोकी, स्वर्गद्वारी प्युठान।
प्युठान जिल्लाको भानुभक्त मा.वि बरबोटमा अखिल (छैठौं) को इकाई समिति गठन भएको छ। कार्यक्रमको अध्यक्षता सदिक्षा पौडेल ले गर्नुभएको थियो भने प्रमुख अतिथि अखिल (छैठौं) का केन्द्रिय सचिव जीवन नेपाली , विशेष अतिथि केन्द्रिय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सेवक भट्टराई र अतिथि अखिल (छैठौँ) केन्द्रिय वैकल्पिक सदस्य तथा प्युठान जिल्ला उपाध्यक्ष सावित्रा नेपाली रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जीवन नेपालीले अखिल (छैठौं) को इतिहास, पलायन ले पारेको असर, एमसीसी, संघियता देशको वर्तमान राजनीतिक अवस्थाबारे प्रकाश पार्नु भएको थियो।

विशेष अतिथि सेवक भट्टराईले विद्यार्थी आन्दोलन र विद्यालय मा भएका शैक्षिक कार्यक्रममा अखिल (छैठौं) ले पुर्याएको योगदानबारे चर्चा गर्दै प्युठान जिल्लामा देखिएको शैक्षिक विकृति, वैदेशिक रोजगारीतर्फ बढ्दो निर्भरता, र युवाहरूमा बढ्दो निराशाका विषयमा आवाज उठाउनु पर्छ भन्नु भयो।
कार्यक्रमले १९ सदस्यीय इकाई समिति गठन गरेको छ,
• अध्यक्ष: सदिक्षा पोख्रेल
• उपाध्यक्ष: राहुल परियार
• सचिव: झरना थापा
• सहसचिव: शोभा जी.सी
• कोषाध्यक्ष: मान्यता गिरी
• सदस्यहरू: शिवलाल खनाल, अञ्जीता खत्री, आशिका जी.सी, नवीन पौडेल, शिखर जी.सी, अभिनय गुरुङ, शिला घर्ती मगर, अजित गिरी, विपिसा परियार, टंक नेपाली, तुफान जी.सी, रबिन जी.सी, अस्मिता के.सी, असीम नेपाली, रहनु भएको छ
कार्यक्रमको सञ्चालन अखिल (छैठौं) का केन्द्रिय परिषद सदस्य बसन्त राज गोराथोकीले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation