पाल्पामा बुढाथोकी हत्याकाण्ड घरबेटी नै हत्या आरोपमा पक्राउ 

पाल्पा । पाल्पामा बुधबार बिहान मृत भेटिएका रिब्दीकोट गाउँपालिका–१, ख्याहा जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीलाई उनकै घरबेटीले हत्या गरेको खुलेको छ । बुढाथोकीको हत्या आरोपमा तानसेन नगरपालिका–११, साँचाका ३१ वर्षीय माधव विष्टलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले बिहीबार पक्राउ गरेको छ ।

बुढाथोकी केही समय अघिदेखि विष्टको घरमा डेरा लिएर बस्दै आएका थिए । बुढाथोकीले लेबरको काम गर्दै आएका थिए । माघ २३ गते बुधबार बिहान ८ बजेतिर डेरामा बुढाथोकी मृत भेटिएका थिए । मृत भेटिए पनि बुढाथोकीको नाक, निधार, मुख र सुतेको खाटमा समेत रगत लागेकाले थप अनुसन्धान गर्दा घरबेटीले नै हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

विष्टको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोस्टमार्टम गराई परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ । विष्टलाई बिहीबार पाल्पा जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation