
माघ ,२५ ,दाङ
राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले संघीयता नेपालका राजनितीक दलको एजेन्डा नभएको कुरा बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङले संघीयताले उत्पन्न संकट र त्यसका विरुद्धको राजधानी केन्द्रीत आन्दोलनको प्रस्न विषय अन्तर्कृया कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै उक्त कुरा बताउनु भएको हो । उहाले अगाडि भन्नु भयो नेपालका राजनीतिक दलको आन्दोलनले हैन भारतीयहरुको योजनामा मधेसमा भएको आन्दोलनको बलमा संघीयताले प्रवेश पाएको हो । त्यस अघि कार्यक्रमको अबधारणापत्र प्रस्तुत गर्दै नेपालमा संघीयतामा जानु पर्ने कुनै आधार र कारण नभएको , बिश्व ब्यापी गरिएको अभ्यास र सिद्धान्तका हिसाबले पनि नेपालको अबस्था ठिक उल्टो भएको । त्यसैले नेपालमा अभिसाप सिद्ध भैसकेको संघीयता अब खारेज गर्नुको बिकल्प नभएको हुनाले पार्टीले राजधानी केन्द्रित आन्दोलन तय गरेको कुरा बताउनु भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य लालध्वज पुनले नेपालमा संघीयता सहि नहुने कुरा बताउनु भयो । नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य यमप्रसाद अधिकारीले हाम्रो देशका नेतृत्वकर्ता पुरानै भएको कारण संघीयता सफल हुन नसकेको बताउनु भयो । कर्ता अखिल नेपाल कानुन ब्यबसायी संघ अन्ला का केन्द्रिय उपाध्यक्ष तथा जिल्ला बार इकाई उपाध्यक्ष नुमानन्द आचार्यले जनतालाइ अधिकार दिन बनेको प्रदेश आफै केन्द्रको मुख ताक्नु पर्ने अबस्था बाट त्यो जरुरी नभएको कुरा बताउनु भयो । प्रदेश राजनीतिक दलको भर्तिकेन्द्र र जनतामा बोझ थप्ने साधन मात्र साबित भएको कुरा बताउनु भयो । प्रतिरोध अभियानका सयोजक प्रमोद धितालले प्रदेश सरकार जरुरी नभएको तर यो मात्र कुरा उठाउदा मुख्य कुरा ओझेलमा पर्न सक्ने कुरा बताउनु भयो । प्रगतिशील प्राध्यापक संघका जिल्ला अध्यक्ष नबराज सुबेदी संघीयता भन्ने सब्द नै छोडन गारो भएको हो भने संघीय गणतन्त्र नै भनेर प्रदेश फालेर स्थानीय तह बलियो बनाउदा हुन्छ भन्नु भयो । दाङ जिल्ला उधोग बाणिज्य संघका उपाध्यक्ष धुर्ब गहतराजले जनमोर्चाको कार्यक्रममा आउनु पर्दा र सहयोग गर्न पाउदै नै आनन्द महसुस हुने कुरा बताउनु भयो । अखिल नेपाल किसान महासंघका नेता मिनु सुबेदीले संघीयता पाल्न वृद्धि भएको करले किसानहरु सबैभन्दा मारमा भएको बताउनु भयो ।
जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सदस्य मेघराज भट्टराईले र संचालन जिल्ला सचीव बसन्त पौडेलले गर्नु भएको थियोे ।