अखिल नेपाल शिक्षक संघ झिमरुककाे अधिवेशन सम्पन्न ,अध्यक्षमा: जि.सी.

विश्व नेपाली संवाददाता ,नारायण जिसी,

माघ ,२६ प्युठान ,

अखिल नेपाल शिक्षक संघ झिमरुककाे तेस्रो अधिवेशन अखिल नेपाल शिक्षक संघ केन्द्रीय महासचिव चक्रपाणी पाैडेलकाे प्रमुख अथित्यता ,अखिल नेपाल शिक्षक संघ झिमरुकका उपाध्यक्ष पितम खड्काको स्वागत मन्तव्य ,र अखिल नेपाल शिक्षक संघ झिमरुकका सचिव शेरचन्द्र के.सी.काे संचालनमा भएको कार्यक्रमको  अध्यक्षता
अखिल नेपाल शिक्षक संघ झिमरुकका अध्यक्ष गाेपाल गिरीले गर्नु भएको थियोे।
कार्यक्रमकाे सफलताको शुभकामना दिने हरुमा अखिल नेपाल शिक्षक संघ प्युठानका पुर्व अध्यक्ष शिद्विमान जि.सी. ,राष्ट्रिय जनमाेर्चा प्युठानका सदस्य सीताराम पाेखरेल,राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेसका सल्लाहकार बाशुदेव पाेख्रेल ,अखिल नेपाल शिक्षक संघका केन्द्रीय सचिव बालाराम पाेख्रेल,नेपाल कम्युनिस्ट पार्टी मसाल लुम्बिनी प्रदेसका प्रवक्ता तिलक जि.सी. र प्रमुख अतिथि अखिल नेपाल शिक्षक संघका ,राष्ट्रिय समितिका महासचिव चक्रपाणी पाैडेल लगायतले शुभकामना दिनु भएको थियाे।
अधिवेशनले डम्मर सिह जि.सी. काेे अध्यक्षतामा २५ पुर्ण,४ वैकल्पिक र ९ सदस्यीय सल्लाहकार समिति गठन भएको छ।उपाध्यक्षमा शिद्विमान खड्का ,महिला उपाध्यक्षमा कल्पना थापा ,सचिवमा दिनेस खड्का ,सह सचिवमा खुम बहादुर थापा , र काेषाध्यक्षमा नरेन्द्र राहुँ रहनु भएको छ।
सदस्यहरुमा,सीता गिरी , जित बहादुर राेका, पितम खड्का ,विनाेद पाेखरेल ,चेतमान जि.सी. ,ओमकार रायमाझी , चक्र सुनार,माधव जि.सी, शरद कुमार जि.सी., गाेविन्द थापा,धनिश्वर पंथी,टुका रिजाल,नरेन्द्र के.सी,तुल्सीराम खत्री ,नारायण पाेखरेल,भुपेन्द्र एम.सी,गाेर बहादु बि.क.,सर्वजित कार्की,कल्पना भण्डारी रहनु भएको छ।बैकल्पिक सदस्यहरुमा कविता जि.सी.,समुन्द्रा बस्नेत राम बहादुर जि.सी. र यादव पाेखरेल रहनु भ छ। त्यस्तै सल्लाहकारमा शेरचन के.सी.,गाेपाल गिरी ,ऋषिराम पाेखरेल, खुमान सिह के.सी.,सावित्रा एम.सी.,बाेम बहादुर पाेखरेल,पुतला शर्मा,देवेन्द्र के.सी.र शंकर बस्नेत रहनु भएको छ।
नव निर्वाचित पदाधिकारीलाई कर्ण जि.सी.ले बधाई दिनु भएको थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation