
विश्व नेपाली संवाददाता ,झिमरुक प्युठान
जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष खडक बहादुर के.सी को अध्यक्षतामा र जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जि. सी. को प्रमुखको अतिथ्यतामा र जिल्ला बचत तथा ऋण सहकारी संघका बालाराम के.सीकाे बिशेष उपस्थितिमा २५ औं बार्षिक उत्सव तथा रजत महोत्सव विभिन्न कार्यक्रमका साथ मच्छीमा सम्पन्न भएको छ।
बार्षिक उत्सवको अवसरमा संस्थापक अध्यक्ष , सस्थापक सदस्य एवम शेयर सदस्य , उत्कृष्ट बचतकर्ता , नियमित उत्कृष्ट बचतकर्ता , उत्कृष्ट कर्मचारी , बृद्ध बचतकर्ता लाई सम्मान गरेको छ ।
आफ्नो २५ औ बार्षिकोत्सवको अवसरमा सहकारीले झिमरुक गाउँपालिका मा.वि. विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता , अन्तर समूह लाेकगीत तथा नृत्य प्रतियोगिता समेत आयोजना गरेको थियो ।
बक्तृत्वकला प्रतियोगितामा प्रथम बाल शिक्षा मा.वि.मच्छीका छात्र रमेश वि.क , दोस्रो लक्ष्मी मा.वि. बाङ्गेमरोटकी छात्रा एन्जीला पन्थी , तेस्रो सत्य मा.वि. तुषाराकी छात्रा सदिक्षा बस्नेत र सान्वना सिता मा.वि. कुताकी छात्रा एलिसा थापा रहेकी छिन ।
त्यस्तै लाेकगीत तथा नृत्य प्रतियोगितामा प्रथम चुँदारा बचत तथा ऋण सहकारी समुह चुँदारा , दोस्रो ओखरकोट बचत तथा ऋण सहकारी समुह ओखरकोट , तृतिय मामा भान्जा बचत तथा ऋण सहकारी समुह बाङगे र सान्तोना शिर्जनशिल बचत तथा ऋण सहकारी समुह गब्दी भएका छन ।
सवै प्रतियाेगिहररुलाई नगद तथा प्रमाण पत्रले सम्मान गरिएको थियाे।
रजत महोत्सवको अवसरमा सहकारीले स्मारिका समेत विमोचन गरेको छ ।विभिन्न सहकारी अभियानताहरुले शुभकामना दिएकाे कार्यक्रममा साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियाे।
उक्त कार्यक्रमकाे
स्वागत भाषण सचिव बिष्णु बहादुर एम .सी.ले र संचालन सह सचिव लिलाधर न्यौपानेले गर्नु भएको थियोे ।