
प्युठान ,
परिषदका कार्यवाहक अध्यक्ष बिमला खनालको अध्यक्षता तथा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख धरमबहादुर जि सीज्यू विशिष्ट अतिथि प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य एवं वर्तमान नेपाली भाषा समितिका अध्यक्ष प्राडा गोपेन्द्र पौडेल अतिथि प्युठान नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर योगी स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख टेक बहादुर भण्डारी लगायत दर्जनौं अतिथिको उपस्तिथिमा सम्पन्न सभा तथा अधिवेशनको सन्चालन सचिब ध्रुव गिरीले र स्वागत मन्तव्य परिषद सदस्य लोकेन्द्र जि सी ले अनि श्रस्टा परिचय जायश्वर जैसी र रामप्रसाद पोख्रेलले गर्नुभएको थियो ।
यस अवसरमा निम्न श्रटाहरुलाई सम्मान गरिएको थियो
सम्मान ग्रहण गर्नुहुने व्यक्तित्वहरू
१. श्री अर्जुन कुमार कक्षपति
२. श्री मोहन गिरी
३. श्री राजकुमारी कुँवर ‘सानु गुल्मेली’
४. श्री लिला पुन
५.श्री निमबहादुर थापा
६.श्री कमल पोख्रेल
७. श्री विपी सेढाई
२०८० को गजल प्रतियोगितामा
१. श्री श्याम विष्ट प्रथम
२. श्री साहित्यप्रेमी लक्ष्मी मगर सङ्घर्ष द्वितीय
३. श्री लालीमाया थापा मगर तृतीय
मोहन गिरीको अध्यक्षतामा सम्पन्न बन्दसत्र निर्वाचन संयोजक इन्द्रमणी पोख्रेलको सन्चालनमा रहेको निर्वाचन समितिले सर्वसहमतिमा कार्यसमिति निर्वाचित गरेको छ।
जसमा
अध्यक्ष – विमला खनाल
उपाध्यक्ष – ध्रुव गिरी
सचिव – राजकुमारी कँवर
सह-सचिव – सुमन सुवेदी
कोषाध्यक्ष – श्याम बहादुर विष्ट
#सदस्यहरू
१ राम प्रसाद पोख्रेल
२ खेमराज पोख्रेल
३ लक्ष्मी मगर
४ जायश्वर जैसी
५ लोकेन्द्र जिसी
६ भानुभक्त पोख्रेल
७ सम्झना नेपाली
८ प्रार्थना सुनार
९ कमला पोख्रेल
१० टिकाराम रिजाल, रहेको कार्यसमिति चयन गरेको छ।