रुकुममा दुईको हत्या, आरोपिलाई खोज्दै जाँदा उनको पनि शव फेला

रुकुम पूर्व । भूमे गाउँपालिका–४ साकिममा दुई जनाको हत्या भएको छ। हत्या अभियुक्तलाई खोज्दै जाँदा उनको पनि शव फेला परेको प्रहरीले जनाएको छ।साकिमका अन्दाजी ५१ वर्षी चन्द्रसिंह पुनले सोही ठाउँका ६० वर्षीया ढाटी बुढा र निजका नाति ८ महिनाका समिर बुढालाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ।मंगलबार दिउँसो ३ बजेको समयमा पुनले घरमै गएर हत्या गरेको पुष्टि भएपछि खोज्दै जाँदा उनीसमेत सोही ठाउँको खुलखुले खोलामा मृत भेटिएको प्रहरीले जनाएको हो। प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation