स्कुल बस दुर्घटना छ जनाको मृत्यु ४० घाइते

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

साँखु आउँदै गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाइ यातायात चावहिल स्थित एसएस एकेडेमीको रिजर्भ आएको बस बेर्क फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा १२ वर्षीय आदित्य सुनार, १४ वर्षीय धिरज साउद, १३ वर्षीय सन्देश गिरि र शुसाङ्क डोटेल रहेका छन् भने दुई जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

उनीहरुमध्ये चार जनाको शंखरापुर अस्पताल र अरु दुई जनाको नेपाल मेडिकल कलेज र टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation