
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । पार्टीको पहिलो महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । नेत्र चपाईं र भट्टराईबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।
बुधबार भएको मतदानको मतगणना बिहीबार सकिएको हो । मतगणना सकिए पनि निर्वाचन समितिले औपचारिक मतपरिणाम भने सार्वजनिक गरेको छैन । पार्टीको उपाध्यक्षमा भट्टराईपुत्री मानुषी यमि भट्टराई यसअघि नै निर्विरोध निर्वाचित भएकी थिइन् । उनले आफ्ना बाबु अध्यक्षमा निर्वाचित भएको जानकारी दिएकी छिन् ।