भारतमा अलपत्र वृद्धाको मूल प्रवाहले उद्धार गरि स्वदेश पठायो

 

खिमराज चालिसे
चंडिगढ

भारतको हिमांचल राज्यको रामपुर बसपार्कमा अलपत्र भेटिएका वृद्धा रामसिंह राई वर्ष ६० को मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले १२ फरवरी २०२५ को उद्धार गरि स्वदेश पठाएको छ ।

विगत ४०-४५ दिन देखि रामपुर बसपार्कमा अलपत्र अवस्थामा रहेका सिन्धुपाल्चोक जिल्लाको अन्थली बारबिसे घर बताउने राम सिंह राई वर्ष ६० का बृद्धलाई मूल प्रवाहले स्थानिय पुलीससंग समन्वय गरि नेपाल पठाएको हो।

रामसिंह राईलाई तत्काल जरुरी कपडा लत्ता व जरूरी सामान मूल प्रवाहले उपलब्ध गराई दिएको थियो। वृद्धालाई स्थानीय व्यापारी र पुलिस प्रशासनले पनि सहयोग गरेको जानकारी राज्य समितीका अध्यक्ष बिरु श्रेष्ठले दिनु भएको छ।

पिडित राम सिंहलाई मूल प्रवाहले सहयोग संकलन गरी नेरु ७२०० हस्तान्तरण गरिएको छ। उनलाई उद्धार गर्दा स्थानिय पुलीस प्रशासन र मूल प्रवाहका नेताहरु सिताराम बुढा, लाल बहादुर रावत, कृष्णा माया थापा, भावना सिंह, रणवीर र आरके लगाएतको उपस्थिती रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation