
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।
शङ्करप्रसाद पोखरेल, बुटवल ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीले आगामी चैत २४ देखि ३० सम्म आयोजित सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनका लागि मोटरसाइकिल ऱ्याली सम्पन्न गरेको छ ।
२०८१ फागुन ३ गते शनिबार रुपन्देहीको बुटवलदेखि भैरहवासम्म सो ऱ्याली सम्पन्न भएको हो ।
सयौँको सङ्ख्यामा राजमोको झन्डा बोकेर बुटवलको पुष्पलालपार्कदेखि सुरु भएको सो ऱ्याली भैरहवासम्म पुगेको थियो ।
ऱ्यालीपछिको कोणसभालाई सम्बोधन गर्दै राजमो केन्द्रीय सल्लाहकार बद्रे आलमले देशले अब प्रदेश सरकार धान्न नसक्ने बताउनुभयो ।
सो अवसरमा उहाँले राष्ट्रिय जनमोर्चाको आयोजनामा हुन गइरहेको सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनमा सामेल हुन सबैलाई आग्रहसमेत गर्नुभयो ।
उहाँको भनाइ थियो– ‘सङ्घीय प्रदेश खारेज नगरे सङ्घीयताले देशै खारेज गर्नेछ ।
कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले सङ्घीय प्रदेश नेपाली जनताका लागि घाँडो भएको बताउनुभयो ।
उहाँले सङ्घीय प्रदेश खारेज गरेर स्थानीय तहलाई थप अधिकार दिन प्रजातान्त्रिकका विकेन्द्रीकरण लागु हुनुपर्ने माग गर्नुभयो ।
बुटवलमा भएको कोणसभालाई राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसी र राजमो लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष गणेश गौतमले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन राजमो रुपन्देहीका सचिव कृष्णप्रसाद पोख्रेलले गर्नुभएको थियो ।
त्यसैगरी, भैरहवामा भएको कोणसभाको सञ्चालन जिल्ला अध्यक्ष टानबहादुर केसीले गर्नुभएको थियो ।
