
फाल्गुन -३, नारायण जिसी
नेपाल रेडक्रस साेसाइटी प्यूठान जिल्ला शाखा जुनियर तथा युवा समितिकाे आयाेजना, नेपाल युवा रेडक्रस सर्कल श्री बलभद्र मा. बि. बाँदिकाेटकाे आतिथ्यतामा २०८१- फागुन २ र ३ गते संञ्चालित ३९ ओै जिल्लास्तरीय जुनियर तथा युवा गाेष्ठी बाँदिकाेटमा सम्पन्न भएकाे छ।
उक्त कार्यक्रमकाे प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद निमा गिरी, विशेष अतिथि ने रे साे केन्द्रीय सदस्य तथा प्यूठान शाखा सभापति गुमानराज पुलामी,गाैमुखी गा.पा. अध्यक्ष श्री बिष्णु कुमार गिरी ,नाैबहिनी गा. पा. उपाध्यक्ष श्री बिष्णा थापा रहनु भएकाे थियाे।
गाेष्ठीमा ८४ जुनियर तथा युवा रेडक्रस सर्कलकाे सहभागिता रहेकाे थियाे।उद्धाटन समाराेहकाे अध्यक्षता आथित्यता गर्ने बि . ब्य. स. अध्यक्ष तथा झिमरुक गा .पा. वार्ड नं २ अध्यक्ष श्री कृष्ण प्रसाद पाेख्रेलले गर्नु भएकाे थियाे। आतिथ्यता गर्ने बिद्वालयका प्र . अ. शेर बहादुर थापाले स्वागत भाषण गर्नु भएकाे थियाे भने संचालन शिक्षक नायक भूपेन्द्र एम. सी. गर्नु भएकाे थियाे।९ ओटै स्थानीय तहलाई कार्यक्रम विभाजन गरेकाे सभाले ९ बुँदे बाँदिकाेट घाेषणा पत्र जारि गर्दै ४०औ जिल्ला गाेष्ठी जनता मावि बाग्दुलामा,शिक्षक नायक गाेष्ठी खरा मावि र प्र .अ. गाेष्ठी पद्ममाेदय माविमा गर्ने गरि नयाँ नेतृत्व चयन गरेकाे छ। जसमा उपेन्द्र प्रसाद न्याैपाने, टीकराम रिजाल र शिद्विमान एम .सी. सुवास पुरी, विवेक बुढा मगर, निरुता श्रेष्ठ र अन्जु सुनार रहेका छन।