हाेटल ब्यवसायी संघ झिमरुककाे अध्यक्षतामा महतारा सचिवमा भट्टराई

विश्व नेपाली संवाददाता, नारायण जिसी ,प्युठान

हाेटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र झिमरुक बजार  क्षेत्रकाे आठौं साधारणसभा तथा चौथो अधिवेशन मच्छीमा सम्पन्न भएको छ।
झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको प्रमुख आथित्यतामा , झिमरुक गाउँपालिका वाडा न ५ का वडा ध्यक्ष दधिराम पोख्रेल, झिमरुक ६का वडाध्यक्ष धनबहादुर पुन र झिमरुक ३ का वडाध्यक्ष मिन बहादुर खत्रीको विशेष आथित्यतामा भएको कार्यक्रममा होटल ब्यबसायी महासंघ नेपालका सचिव धनेश्वर भण्डारी केन्द्रीय सल्लाहकार चन्द्रलाल न्यौपाने, होटल ब्यबसायी संघ तथा पर्यटन सुचना केन्द्रका प्यूठान का
महासचिव लिलाधर न्यौपाने र जिल्ला सदस्य द्वय रामचन्द्र भण्डारी सदस्य झक बहादुर पुन पनि बिशेष उपस्थिति थियाे।
अधिवेशनले रामबहादुर महतारा को अध्यक्षतामा सर्वसहमत११ सदस्य पदाधिकारी चयन गरेकाे छ। जसकाे
उपाध्यक्षमा गिरेन्द्र एम .सी.
सचिवमा बालाराम भट्टराई
कोषाध्यक्षमा भुपेन्द्र पोख्रेल (कुमार ) र
सहसचिव तेजु गिरी रहनु भएको छ भने
सदस्य हरु मिना भुसाल (भट्टराई ),
नारायण न्यौपाने,रामचन्द्र पोख्रेल ,टुक बहादु रोका ,हिरा रोका मगर र
केशर बहादुर जि .सी. रहनु भएको छ।
कार्यक्रममा वाेल्दै प्रमुख अतिथि महताराले झिमरुक गाउँपालिकाकाे पहिचान हुने खालका अर्गानिक , स्वादिष्ट र मिठा परिकारबाट सेवा दिन सके मात्र हाेटल तथा प्रयटन व्यवसाय फस्टाउने बताउनु भएकाे छ।कार्यक्रममा वाेल्ने अन्य बक्ताहरुले काेरना पश्चात व्यवसायहरुलाई असर परेकाे बताएका छन।
कार्यक्रमकाे अध्यक्षता राम बहादुर महताराले र संचालन गिरेन्द्र एम.सी.ले गर्नु भएको थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation