
विश्व नेपाली संवाददाता ,नारायण जिसी ,प्युठान तुसारा
प्यूठान फाल्गुण ३ गते ।
देशका ठूला भनिने दलहरूकाे गैर जिम्मेवार र भ्रष्ट आचरणले नेपाली जनताकाे दलहरू प्रति नै वितिष्णा र निराशा छाएको बताउदै भनाइ र गराइमा एकरूपता नहुने हरूकाे अब नेपाली जनताले विश्वास नगर्ने बताउनु भयाे। जनताको निम्न चेतनास्तरकाे सधैंभरि फाइदा उठाएर हालीमुहाली गर्ने,लामाे बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकार माथि आगाध गर्ने र पटकपटक राष्ट्रघात गर्ने हरूबाट अब नेपाली जनता सचेत रहन आव्हान गर्दै प्रबक्ता जिसीले देश बचाउने अभियानमा राष्ट्रिय जनमाेर्चाकाे सप्ताह व्यापी संघीयता बिरूद्दकाे काठमाडौं केन्द्रीत आन्दाेलन सफल पार्न बस्ती स्तरबाट संगठित हुनुपर्ने बताउनुभयो। “जनता संग राजमाे” कार्यक्रम अन्तर्गत झिमरूक गाउँ पालिका वडा नं ७ काे बस्ती स्तरकाे संयुक्त भेलालाई प्रमुख अतिथिको आसनबाट सम्बाेधन गर्दै नेकपा(मसाल) लुम्बिनी प्रदेश प्रबक्ता का०तिलक जिसीले फरक प्रसंगमा झिमरूक गाउँ पालीकामा राजमाेले सुरूवातमा नै नेतृत्व गरेको ,सुन्यबाट प्रारम्भ गर्दा सबै कुराकाे अभाव विच पनि पार्टीको निर्देशन र रेखदेखमा देशकै अब्बल र प्रदेशको एक नम्बर पालिका बनाउनुमा हाम्रो पार्टीको सिद्धान्त र व्यबहार बिचकाे एक रूपताकाे ज्वलन्त उदाहरण भएको बताउनुभयो । हामी नयाँ हाै र राम्रो गर्छाैं भनेर नथाक्ने हरूले व्यवहारमा देखाएको चर्तीकला चर्चा गरि नसक्नु भएको समेत बताउनु भयाे। भेलामा राजमाे केन्द्रीय सदस्य नारायण जिसी जिल्ला सल्लाहकार तथा राजमाे पालिका समिति उपाध्यक्ष किरण जिसी,जिल्ला समन्वय समिति सदस्य रेकम रसाइलीले पनि बिचार राख्नु भएको थियोे । राजमाे ७ नं वडा समिति अध्यक्ष दिनेन्द्र एम्सीकाे अध्यक्षता सचिव कृष्णबहादुर सुनारकाे संचालनमा अगाडि बढेकाे कार्यक्रममा युवक संघ पालिका समिति सदस्य तथा वडा समिति अध्यक्ष भवानी रसाइली,अनेमसंघ झिमरूक कि सदस्य बसन्ता विक तथा ७ नं वडा समिति अध्यक्ष इन्दु विक लगायत उपस्थित बयाेबृद समाजसेवीहरूकाे पनि उपस्थिति रहेकाे थियोे । भेलाले डाेर बहादुर परियार अध्यक्ष,मिना पाेख्रेल उपाध्यक्ष,अशोक विक सचिव,राधा परियार काेषाध्यक्ष,सदस्यहरूमा प्रेम सुनार,बिमला भण्डारी,धन ब परियार,कमला महतारा,कमला रसाइली र ज्ञानु कुमारी सुनार रहेको ११ सदस्यीय राजमाे टाेल समिति गठन गरेको छ। अनेमसंघकाे लक्ष्मी परियारको अध्यक्षतामा १९ सदस्यीय टाेल समिति गठन भएको छ,समितिको उपाध्यक्षमा कमला सुनार,सचिव कल्पना परियार र काेषाध्यक्ष विमला परियार लगायत रहनु भएको छ।त्यस्तै गाेविन्द परियारको अध्यक्षतामा १३ सदस्यीय अनेयुवक संघकाे गठन भएको छ,जस्काे उपाध्यक्ष राेहताश सुनार,सचिव शिव रसाइली,काेषाध्यक्ष युवराज परियार सदस्यहरूमा आशिष सुनार,राजु रसाइली,सागर रसाइली,सागर रसाइली,सुभाष महतारा,अन्जु रसाइली,विपाशा रसाइली,सन्ताेष परियार,वसन्त परियार र सागर परियार रहेका छन्।नव निर्वाचित समितिलाई राजमाे लुम्बिनी प्रदेश सल्लाहकार बासुदेव पाेख्रेल र अनेमसंघ केन्द्रीय सचिव तारा जिसीले बधाई दिनुभएको थियोे ।
राज कुमार सुनार माओवादी परित्याग गरि राजमाे मा प्रवेश:
०५२ साल देखि माओवादी शशस्त्र बिद्राेहमा समेत सहभागी हुदै पार्टीको विभिन्न तहमा काम गर्दै आउनु भएका राज कुमार सुनारले माओवादीहरूकाे पछिल्लो क्रियाकलाप देश र आम नेपाली जनताको हितमा नभएको भन्दै उक्त पार्टी परित्याग गरेकाे घाेषणा गर्नुभयो । कार्यक्रममा सन्दीप परियार पनि राजमाे मा प्रवेशकाे घाेषणा गर्नुभयो ।नव प्रवेशीहरूलाई प्रमुख अतिथि जिसीले अबिर लगाएर पार्टी प्रवेश गराउनु भयाे।