संघीयता बिरूद्दकाे आन्दाेलन देशको राष्ट्रिय आवश्यकता हाे:खत्री

विश्व नेपाली संवाददाता
प्यूठान ,फाल्गुण ४ गते।
राष्ट्रिय जनमाेर्चा प्यूठानको आयाेजनामा आयाेजित “नेपालकाे सन्दर्भमा संघीयताको आैचित्य”विषयक  जिल्ला स्तरिय अन्तरक्रियामा आधारपत्र प्रस्तुत गर्दै प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेश अध्यक्ष बम बहादुर खत्रीले संघीयता बिरूद्दकाे आन्दाेलन कुनै दल बिशेषकाे कार्यक्रम भन्दा पनि देशको एैतिहासिक र राष्ट्रिय आवश्यकता भएको बताउनुभयो ।राजमाे ले चैत्र २४ देखि ३० गते सम्म सप्ताहव्यापी  संघीयता बिरूद्द काठमाडौ केन्द्रीत आन्दाेलन आयाेजना गरेको जानकारी दिदै यसको  सफलताको लागि सबै राजनैतिक दल,बुद्धिजीवी तथा समाजसेवी व्यक्तित्वहरू शीत भाैतिक,नैतिक तथा आवश्यक सहयोगकाे अपिल गर्दै नेता खत्रीले विश्वमा प्रचलनमा आएका संघीयताका माेडल शीत नेपालकाे संघीय प्रणाली कहि कतै मेल नखाएकाे बताउदै याे राष्ट्र विखण्डन र असफल राष्ट्रकाे दिशा तर्फ गैरहेकाे तथ्यहरू प्रस्तुत गर्नु भयाे। बिदेशीले आफ्नाे हितकाे लागि मुख्यत भारतीय साम्राज्यवादले नेपाल टुक्राउने अभिप्रायले षड्यन्त्र मूलक प्रकारले नेपालमा जबर्जस्ती वर्तमान संघीयता थाेपरेकाे बताउदै अध्यक्ष खत्रीले याे वा त्याे प्रकारले संघीय व्यवस्थालाई मलजल हैन राजमाेकाे खारेजीको अभियानमा आ-आफ्नाे स्थानबाट सहयोग गर्न अनुरोध गर्नुभयो । नेकपा(एमाले) प्यूठानका उपाध्यक्ष माधव शर्माले संघीयता प्रयोग कै चरणमा रहेकोले अहिले नै निश्कर्ष निकाल्न नसकिने बताउनुभयो। एकीकृत समाजवादीका नेता डा०भाेज विक्रम बुढाले नेपालमा संघीयता सहि प्रयाेग नभएको बताउदै यसकाे सुदृढीकरण आवश्यक रहेको भन्दै बहुभाषा,धर्म-संकृतिलाई समेट्न संघीयता आवश्यक रहेको बताउनु भयो । नेकपा क्रान्तिकारीका नेता टिकाराम पाैडेल र मालेका जिल्ला सचिव तिल विक्रम केसीले संघीयता सम्बन्धि अझै व्यापक छलफल आवश्यक रहेको तर्क प्रस्तुत गर्नुभयो । संघीयता सम्बन्धि व्यापक छलफल र बहस आवश्यक रहेको तर्क गर्ने हरूमा प्यूठान क्याम्पस प्रमुख कल्पना खड्का,प्यूठान नपाका पूर्व प्रमुख अर्जुनकुमार कक्षपती हुनुहुन्थ्यो भने स्वतन्त्र नागरिक मंच प्यूठानका संयाेजक सुमन सुवेदीले संघीयताले विकास भन्दापनि छाेटे राजाहरू सिर्जना गरेको बताउनुभयो । स्वर्गद्वारी क्याम्पसका पूर्व प्रमुख माेहन गिरीले संघीयताले देशमा ठूलाे आर्थिक क्षति भएको र दलहरूले कार्यकर्ता व्यवस्थापनमा यसको दुरुपयोग गरेको बताउदै संघीयता खारेजीको विकल्प नभएको ठाेकुवा गर्नुभयो ।
कार्यक्रममा राजमाे केन्द्रीय सदस्य कृष्ण खड्का,लुम्बिनी प्रदेश सल्लाहकार शुरेश थापा,नेकपा(मसाल)लुम्बिनी प्रदेश प्रबक्ता का०तिलक जिसीले पनि अन्तरक्रियामा आ-आफ्नाे बिचार प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रममा राजमाे प्रदेश सल्लाहकार बासुदेव पाेख्रेल,नेकपा(मसाल)प्यूठान जिल्ला प्रबक्ता राम पहाडी,मल्लरानी गाउँ पालिका का पूर्व अध्यक्ष अमरध्वज राना,लुम्बिनी प्रदेश कि पूर्व सांसद तारा जिसी,अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष पदमा पंडित,प्रगतिशील पत्रकार संघ प्यूठानका अध्यक्ष प्रज्वल पहाडी र पत्रकार जुमान सिह केसीकाे पनि आतिथ्यता रहेकाे थियोे । प्यूठान जिल्लाका राजमाेका नेता कार्यकर्ता लगायत समाजसेवी,बुद्धिजीवीहरूकाे व्यापक उपस्थिति रहेको अन्तरक्रिया कार्यक्रमकाे अध्यक्षता राजमाे प्यूठान का अध्यक्ष ज्ञामुराम न्याैपाने ले संचालन जिल्ला सचिव केशवराज  आचार्य र स्वागत जिल्ला उपाध्यक्ष इमान सिह खड्काले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation