नाबालिकालाई यौन पेसामा लगाएको आरोपमा स्पा सञ्चालक पक्राउ

 

५ फागुन, काठमाडौं । नाबालिकालाई यौन पेसामा लगाएको आरोपमा एक स्पा सञ्चालिका पक्राउ परेकी छिन् ।पक्राउ पर्नेमा काभ्रेको चौरीदेउराली गाउँपालिका–५ घर भएकी ४१ वर्षीया स्मृति भनिने रमिला गौतम छिन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।उनले ठमेलस्थित सात घुम्तीमा हिमालयन नेचुरल स्पा सञ्चालन गरेकी थिइन् ।

नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर उनले यौन पेसामा लगाउने गरेको ब्यूरोका एसपी नरेन्द्र कुँवरले बताए । पक्राउ परेकी गौतमविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation