
बुटवल ,५ फागुन / इन्टलेक्च्युअल एकेडेमी बुटवलको १५ औ वार्षिकोत्सब तथा अभिभावक दिवस मुल समारोह आइतबार भब्यरूपमा सम्पन्न गरिएको छ ।समारोहको उदघाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गर्नुभएको थियो ।सो समारोहमा नगर प्रमुख पाण्डेले बुटवल शिक्षाको हब भएको बताउदै इन्टलेक्च्युअल स्कुलका गतिविधिले आफू प्रभावित भएको धारणा राख्नुभएको थियो ।
सोही अबसरमा बुटवल उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख टिकाराम पन्थीले इन्टलेक्च्युअल स्कुल उत्कृष्ट रहेकोले नगरपालिकाको मुल्यांकनमा ” क” वर्गमा परेको भन्दै यस स्कुलका सिकाई र अतिरिक्त क्रियाकलाप अन्यका भन्दा फरक र जिवनोपयोगी खालका भएको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नाक कान घाटीरोग बिभागका प्रमुख समेत रहनु भएका स्कुलका सल्लाहकार डा बिष्णु शर्माले स्कुल पढाउने थलो नभई फरक तरिकाले सिकाउने थलो भएकोले त्यसै अनुसार इन्टलेक्च्युअल अघि बढेको बताउनु भयो। नेपाल वार एसोसिएसन पुनराबेदन उच्च अदालत तुल्सीपुर बुटवल इजलास बुटवलका अध्यक्ष समेत रहेका स्कुल संचालक समिति अध्यक्ष गोबिन्द प्रसाद मरासिनीले फरक सोच र विद्यार्थीका लागि जिवनोपयोगी सिकाईमा जोड रहेको धारणा राख्दै आफुहरुको ध्यान सिकाई सगसंगै सीप र सस्कारलाई एकै साथ जोडेर अघि बढिरहेको बताउनुभयो ।नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य समेत रहेका स्कुलका सस्थापक संचालक रामराज पोख्रेलले इन्टलेक्च्युअल बुटवलको कान्छो स्कुल भएको तर यसका गतिविधि विद्यार्थीका लागि जीवनसग संबंधित भएको र किताबको कुरामा मात्रै होइन अतिरिक्त क्रियाकलापमा ध्यान दिएर अघि बढेको जानकारी दिनुभयो।
समारोहमा प्याब्सन लुम्बिनी अध्यक्ष लालहरी पाण्डे ,अभिभावक सघ रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, न्यु होराइजन बोर्डिङका उपप्राचार्य बासुदेब अर्याल , बुटवल नगर गितका रचनाकार एवं सस्थापक डिल्लीनारायण पाण्डे ,अभिभावक इन्जिनियर चिरञ्जीवी भट्टराई ,शिक्षक मेघराज पोख्रेल ,पुर्व विद्यार्थी अरिना महत ,विद्यार्थी एसिरा थापा लगाएतले इन्टलेक्च्युअल स्कुलको सिकाई क्रियाकलाप अरुका लागि अनुसरण योग्य रहेको धारणा राख्नु भएको थियो।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाको नगर गितका रचनाकार डिल्लीनारायण पाण्डेलाई सम्मान गरिएको थियोे ।
भने स्कुलमा सेवारत अबधिमा उत्कृष्ट कार्य गर्ने शिक्षक / कर्मचारीलाई पुरस्कृत गरिनुका साथै लामो समय सेवारत शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
सोही अबसरमा शैक्षिकसत्र २०८० मा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियोे ।
कार्यक्रममा विद्यार्थीहरुले निर्माण गरेका बिज्ञान सामाग्रीहरु ,चित्रकला लगाएतका सामाग्रीको प्रदर्शनी गरिएको थियो।भने विद्यार्थीहरुले गित,नृत्य ,नाटक सहित लोकसास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बाबाछोरी नृत्यसगै विद्यार्थी शिक्षक र शिक्षक नृत्य समेत प्रस्तुत गरिएको थियो।
साथै विद्यार्थीहरुले स्काउट नृत्यसगै तेक्वान्दो र करातेको प्रदर्सन समेत गरेका थिए ।