कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना हुँदा तीनजना नेपालीको मृत्यु

भारतको उत्तर प्रदेशस्थित प्रयागराजको कुम्भ मेला भरेर फर्किने क्रममा सवारी दुर्घटना हुँदा तीनजना नेपालीको मृत्यु भएको छ ।

रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ९ बाट कुम्भ मेला भर्न गएको तीर्थालुको सवार गाडी उत्तर प्रदेशको आजमगढ बाराणसी रोडमा दुर्घटना हुँदा मृत्यु भएको हो ।

दुर्घटनामा देवदह नगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीय दीपा खनाल र वडा नम्बर ९ कै ४० वर्षीया गीता शर्माको मृत्यु भएको हो । दुर्घटनामा दुईजना घाइते भएका बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation