
विश्व नेपाली संवाददाता ,प्युठान झिमरुक
प्युठान उधाेग वाणिज्य संघ झिमरुक बजार क्षेत्र काे १७ औ बार्षिक साधारणसभा तथा ७औअधिवेशन मच्छीमा सम्पन्न छ।
अधिवेशनले भरत ढकालकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्बाचित गरेको छ।
जसकाे उपाध्यक्षमा पिताम्वर घिमिरे,सचिव झविलाल ज्ञवाली ,काेषाध्यक्ष मिना पाैडेल रहनु भएको छ।त्यस्तै सदस्यहरुमा लिमान सिह जि.सी.,नारायण बहादुर जि.सी., लिलाधर न्याैपाने र टेक बहादुर ढकाल रहनु भएको छ। भने दुई स्थान रिक्त राखिएको छ त्यसै गरि जिल्ला प्रतिनिधि झक बहादुर पुन छनाैट हुनु भएको छ। मच्छी बजार क्षेत्र भित्रका उद्याेगी, व्यापारी ,उपस्थिति भएकाे कार्यक्रमकाे प्रमुख अतिथि प्युठान उद्योग वाणिाज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियोे । विशेष अतिथि प्युठान उद्योग वाणिज्य संघका उपाध्यक्ष दधिराम भण्डारी निर्वाचन अधिकृत समेत रहनु भएको थियाे ।कार्यक्रममा झिमरुक गाउँपालिकाका वडाध्क्षहरु मीन बहादुर खत्री ,तुलस बस्नेत र दधिराम पाेखरेल ,हाेटल ,व्यवसायी संघ झिमरुकका अध्यक्ष राम बहादुर महतारा र नेपाल रेडक्रस साेसाइटी मच्छी उपशाखा सभापति नारायण जि.सी.ले शुभकामना मनत्व्य दिनु भएको छ।
कार्यक्रम बाेधिराम पाेखरेलकाे अध्यक्षतामा,कृष्णप्रसाद पाेखरेलकाे स्वागत भाषणमा र प्रेम पुनकाे संचालनमा भएको थियाे।
कार्यक्रममा बाेल्ने वक्ताहरुले उद्योगी ,व्यापारीका समस्या प्रती राज्यले ठाेस नीति तथा कार्यक्रम लिउनु पर्ने वताए ।