प्युठानका पाँचवटा बजार क्षेत्रमा अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन

 

प्यूठान प्यूठान उद्योग बाणिज्य संघ अन्तरगरका पाँच बजार इलाकाको अधिबेशन शनिवार सम्पन्न भएको छ । नौ बजार इलाका रहेको संघको बाकी इलाका अधिबेशन फागुन १७ गते हुनेछ्न ।

स्वर्गद्वारी नगर बजार क्षेत्रको १७ औँ साधारण सभा तथा  सातौं अधिवेशनबाट अध्यक्ष बिष्णु  योगि, उपाध्यक्ष टिकाराम भण्डारी, सचिव रमेश पुन, कोषाध्यक्ष बालाराम कालाथोकी निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा बुद्धि राम गोराथिकी, पदम के.सि., दिपक चन्द थापा  चयन हुनुभएको छ । जिल्ला प्रतिनिधि गङ्गाराम बि.सि रहनुभएको छ ।

सरुमारानी बजार क्षेत्रको सातौं अधिवेशनबाट भरत एम.सी.को अध्यक्षतामा उपाध्यक्ष माे.अतिउल्ला हलुवाई, सचिव नमराज भण्डारी, काेषाध्यक्ष दुर्गा बहादुर खत्री र सदस्यहरु मीन बहादुर घर्तिमगर, खड्क पुन मगर, फन बहादुर राना, विष्णु खत्री रहनुभएको छ ।

गौमुखी बजार इलाकाको ठुलाबेसीमा सम्पन्न १० औं साधारणसभा तथा चौथो अधिबेशनले कमला पोख्रेलको अध्यक्षतामा नयां कार्यसमिती सर्बसम्मत चयन गरेको छ ।
जसको उपाध्यक्षमा कृष्ण मल्ल, सचिव मुक्ति राना, कोषाध्यक्ष बिष्णु सुनार र सदस्यहरुमा बसन्ता केसी, टोपलाल सुनार, अमर बिटालु रहनुभएको छ ।

झिमरुक बजार इलाकाको अधिबेशनले भरत ढकाल अध्यक्ष रहनुभएको नया कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्ष पिताम्बर घिमिरे, सचिव झबिलाल ज्ञवाली, कोषाध्यक्ष मिना पौडेल र सदस्यहरु लिलाधर न्यौपाने, लिमान सिह जिसि, नारायण जिसि, टेकबहादुर ढकाल रहनुभएको छ । जिल्ला प्रतिनिधि झगबहादुर पुन चयन हुनुभयो ।

ऎरावती बजार क्षेत्रको अधिबेशनले नुम प्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।

प्यूठान उद्योग बाणिज्य संघको जिल्ला अघिबेशन चैत्र ५ गते हुदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation