
जन्मदिन मनाउने सबैको आ–आफ्नै शैली हुन्छ। कसैले केक काटेर, होटल तथा रेष्टुरेन्टमा पार्टी गरेर जन्मदिन मनाउँछन् भने, कोही बाहिर घुम्न जाने, रमाइलो गर्ने जस्ता विभिन्न तरिकाले यो विशेष दिनलाई मनाउँछन्। तर रुपन्देही बुटवलका दिपक योगिले छोरा आदित्य योगिको जन्म दिनमा बुटवलमा रहेको मानव सेवा आश्रमका वृद्ध हरुलाइ भोजन गराएर जन्म दिन मनाइदिएका छन दिपक योगि र उनकी श्रीमती अम्बिका योगिले मानव सेवा आश्रममा गै वृद्ध आमाहरुलाइ भोजन गराएर जन्म दिन मनाइदिएका हुन।
दिपक योगि राष्ट्रिय जनमोर्चा प्युठान रुपन्देही सम्पर्क समितिका अध्यक्ष समेत हुन भने हाम्रो राप्ती लुम्बिनी प्युठानि लजका संचालक समेत हुन ।
मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने आस्थाका साथ योगिले आफुले संघर्ष र पिडा, दुख–कष्टको मर्म बुझेको बताए ।
पछिल्लो समय जन्मदिन, विवाह, ब्रतबन्धको अवसरमा होटल तथा रेष्टुरेन्टमा फजुल खर्च गर्ने चलन बढ्दै गएको देखिन्छ। यस्ता विकृतिहरूको अन्त्य गर्नसमेत उनले गरेको कार्य सानो सहि तर उदाहरणीय बनेको छ।