
प्यूठान । सरकारको स्वास्थ्य मन्त्रालयको अगुवाई गरेको पार्टी नेपालीक काग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्य, शिक्षा जस्ता जनताका आधारभूत समस्यालाइ सम्बोधन गर्न नेपाली काग्रेस चुकेको स्विकार गर्नुभएको छ । सोमवार नेपाली काग्रेस प्यूठानले आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै नेता थापाले ठूलो बिरामी भए अझै पनि घरखेत नफाली उपचार सम्भव नरहेको बताउनुभयो ।
राजनैतिक परिवर्तनमा काग्रेसको भूमिका महत्वपूर्ण भएको बताउदै उहाँले जनताका समस्याको सम्वोधन गर्न काग्रेस अझै पनि जिम्मेवार हुन नसकेको स्विकार गर्नुभयो । “राजनैतिक परिवर्तनमा नेपाली काग्रेसको ठूलो भूमिका छ यसमा काग्रेसलाई धन्यावाद छ ।” नागरिकका गुनासा सम्वोधन गर्न नसकेको स्विकार गर्दै उहाँले भन्नुभयो, “ठूलो रोगलागे नागरिकलाई अझै पनि घरखेत गर्नु पर्ने विल्लीवठ कायमै छ ।” मुख्य परिवर्तनमा काग्रेसको ठूलो हात भएता पनि जनताका अपेक्षा सम्वोधन गर्न अझै नसकिएको उहाँको भनाई थियो । संविधान निर्माण र हिंसाको आहालवाट काग्रेसले देशलाई बाहिर निकालेको उहँँको जिकिर थियो ।
जनताको समस्या सम्बोधन गर्ने माध्यम केन्द्र, प्रदेश र विभिन्न स्थानीय तहमा नेपाली काग्रसको नेतृत्व रहेको स्मरण गराउँदै नेता थापाले मुख्य परिवर्तनमा काग्रेसको भूमिका रहे पनि स्वास्थ्य, शिक्षा र रोजगारी प्रति गुणात्मक परिवर्तन हुन नसकेको बताउनुभयो । “अव हाम्रो अवस्था बदलिनु प¥यो,पढेका छोराछोरीले जाँगीर पाउनु प¥यो, स्वास्थ्य उपचार गर्दैगर्दा घरवार विल्लीविलाठ हुनु भएन । जनताको अहिलेको अपेक्षा यो हो” नेता थापाले भन्नुभयो, “यसलाई हामीले बुझ्नु पर्ने छ सुन्नु पर्ने छ ।”
एमाले संगको सहकार्यमा सरकार चलाई रहँदा एमाले बाट कुनै दुव्र्यहार भए काग्रेसले सरकार छोड्ने उहाँको भनाई थियो । “विधिको शासनमा संझौता गर्नुप¥यो भने हामी सरकार छाड्छौ”, थापाले भन्नुभयो ।
गठबन्धनबाटै प्यूठान निर्वाचन क्षेत्र नम्वर १ (ख) मा काग्रेसले विजय हासील गरेको प्यूठान जिल्लासभालाई सम्वोधन गर्दै नेता थापाले अघिल्लो चुनावमा गठबन्धन गर्नु काग्रेसको गल्ती रहेको बताउनुभयो ।