
माआवोदी नेता नारायाणकाजी श्रेष्ठ सार्वजनिक मञ्चै रिसाएको भिडियो अहिले सामाजिक संजालभरी भाइरल छ । नारायाणकाजीको यो रिस कुन प्रसंगमा कहाँ हो भन्ने समेत धेरैलाई अन्योल छ ।
यस्तो थियो प्रसंग ।
माओवादीले झापाबाट ’जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ थालेको छ । यही अभियानको क्रममा झापाबाट सुरु भएको एक कार्यक्रममा शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम थियो । झापाको कचनकवलस्थित बनियानीमा अभियान उद्घाटन समारोह राखिएको थियो । प्रचण्ड समेत रहेको कार्यक्रममा पदाधिकारीहरू सबैले पालैपालो बोल्दै गए । पोल्ने नेताहरु सबै पुरुष थिए । महिला नेताहरु कोही बोल्न नपाएको देखेपछि नारायाण्काजीलाई छटपटि भयो । र छेवैमा रहेका प्रचण्डलाई पटक पटक महिलालाई पनि बोल्न दिऔँ भन्दै कानेखुसी गरे ।तर प्रचण्डले उनको कुरालाई बेवास्ता गरिदिए । समय पनि र्घिसकेकाले अब अर्काे पटक मिलाआएाला भन्दै प्रचण्ड तर्किए । तर नारायाकाजीलाई चित्त बुझेन । मन्चमै रहेकी माओवादी नेतृ धर्मशिला चापागाइँलाई बोल्ने समय नारायाणकाजीले मिलाइदिए । उद्घाषकले समयको दवावकै बिच धर्मशिलालाई बोल्न आउनु भन्दै तीन पटकसम्म नाम लिए । तर बोल्ने पालो नआउने ठानेर धर्मशिला पहिल्यै मञ्चबाट हिँडीसकेकी थिइन् । त्यसपछि नारायाणकाजी झनै रिसले आगो भए । रिसकै झोकमा भएपनि आफ्नो बोल्ने पालो आएपछि नारायाणकाजी मञ्चमा मन्तब्य दिँदै थिए । त्यही बेला उद्घोषक राजु आचार्य डायस छेवैमा उभिन पुगे । कार्यक्रम सञ्चालक आफूअघि उभिएको देखेपछि नारायणकाजीले उनलाई घुँरेर हेरे । नारायणकाजीले आफूलाई हेरेको देखेपछि राजु फिस्स हाँसिदिए । उनको हाँसो नारायणकाजीलाई थप आक्रोशित पार्ने कारण बनिदियो। ’तपाईं मलाई मन्तव्य छोट्याउनुस् भन्नलाई अगाडि देखा परेको?’ भन्दै नारायणकाजी झोंक्किए।
अन्तत नारायाणकाजी रिसले चुर हुँदै यत्तिकै मन्तब्य छोट्याएर हिँडे । माहोल एकाएक स्तब्ध बन्यो । त्यसपछि आफूले गर्दै नगरेको गल्तीमा माफी माग्दै उद्घोषकले कार्यक्रम अघि बढाए । अध्यक्ष प्रचण्डलाई सम्बोधनका लागि बोलाए । र प्रचण्डले सम्बोधनको क्रममा नारायाणजी रिसाएको प्रसंग पनि कोट्याए । आजको झापा बसाई माओवादी नेता कार्यकर्ताहरुका लागि फलदायी बनेन । एउटा नेताले रिसलाई नियन्त्रणमा राख्न नसक्दा अभियानको शुभारम्भ कार्यक्रम नै खल्लो बन्न पुग्यो ।