संघीयता बिरोधी राजधानी केन्द्रीकृत आन्दोलनमा सहभागी बनौ!!( चैत्र २४ देखि ३० सम्म)

खिम बहादुर बिक

राष्ट्रियता,जनतन्त्र र जनजिबिकाको लागि ने क पा मसाल,राष्ट्रिय जनमोर्चा कहिले पछाडी होइन अग्रपंक्तिमा नै रह्यो ,ईतिहास जस्ताको बनोस,जस्ताले बनाउन खोजुन तर सत्य ईतिहास मेटिने छैन,भोलिका सन्तततिले खोजी खोजी सम्झने छन अध्यन गर्ने छन!येति बेला देस आर्थिक ,राजनैतिक र सामाजिक सबै प्रकारले थला परेको छ,साम्राज्यवादिहरुको चलखेल बढ्दो छ,प्रतिगामी तत्वहरु थप सल्बलाउन लागेका छन,जनताले रगत सङ्ग साटेर प्राप्त गरेको गणतन्त्र नै धरापमा पर्ने प्रबल आसन्का छ,! उर्जाबान युबाहरु हजारौंको संख्यामा बिदेसिन बाध्य  छन,महङ्गी भष्ट्रचार र माफिया तन्त्रले देस अक्रान्त छ!देसको सार्भौमिकता र अखण्डता माथी आच आइरहेको छ।

देस र जनताले नचाहेको,आन्दोलन को एजेन्डा नै नभयको  अरुले भिराइदियेको संघीयता ले देस टाट पल्टने डिलैमा पुगेको अबस्था छ! यो समय भनेको सबै कुरा थाती राखेर पार्टीले आह्वान गरेको संघीयता बिरोधी राजधानी केन्द्रीय आधिबेरिलाइ सफल बनाउनु हो! संघीयता विशेष गरेर अनावश्यक घाँडो भयेको देसको ४०% बजेट डकारने प्रदेस सम्रचना,खारेज गर्नु छ,स्थानीय तहलाइ थप मजबुत र अधिकार सम्पन्न गर्नु छ,प्रदेसमा स्वाह हुने बजेट स्थानीय तहमा बिकास गर्नु छ।
ने क पा मसाल,राष्ट्रिय जनमोर्चा लाई समर्थन गर्ने मात्र होइन सारा देसभक्त जनता चैत्र २४ देखि ३० सम्म काठमाडौ जाउ,र राजधानिमा बसोबास गर्ने जनताहरु सहित ले संघीयता बिरोधी आन्दोलनमा एकजुट भयेर सहभागी बनौ”” यो राष्ट्रिय जनमोर्चा चित्र बहादुर के सि को पार्टीले””देस र जनताको बारेमा सहि बोल्छ भनेर चिया गफ मात्र होइन अब बेला आयो सहि बोल्ने पार्टीलाई सबैले साथ दिउ,पार्टी नहेरौ,भोलिका सन्ततिलाइ देस जोगायेर राखिदिउ,!!
संघीयता बिरोधी राजधानी केन्द्रीकृत आन्दोलनमा सहभागी बनौ!!( चैत्र २४ देखि ३० सम्म)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation