
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।
काठमाडौँ । महाशिवरात्रीका दिन पशुपति क्षेत्रबाट ७५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पशुपति मन्दिर परिसरमा शंकास्पद गतिविधिमा संलग्न ७५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए।
विगतमा आपराधिक गतिविधिमा संलग्न भएकाहरू, अभद्र व्यवहार गर्नेहरूलाई नियन्त्रणमा लिइएको एसपी बोहराले बताए ।
पक्राउ परेकाहरूलाई प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालामा राखिएको छ।
आज महाशिवरात्री पर्व। पशुपतिनाथको मन्दिरसहित देशभरका शिवलायहरूमा भक्तजनको घुइँचो लागिरहेको छ।
आपराधिक गतिविधि हुनसक्ने आशंका गर्दै प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ।