धादिङमा महादेव मन्दिरका लागि पानी लिएर गएको ट्याङ्कर दुर्घटना हुँदा २ जनाको मृत्यु

 

धादिङमा महादेव मन्दिरका लागि पानी लिएर गएको ट्याङ्कर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। अन्य २ जना घाइते भएका छन्। गल्छी गाउँपालिका–३ गुप्तेश्वरभिरस्थित भित्रि सडकमा आदामघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गएको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।

बा.प्र ०१–००४ क ३३५२ नं।को पानी ट्याङकर ब्याक गर्ने क्रममा सडकबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा गुजुरी–६ कै १८ वर्षीय प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षीय जयराम चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए। उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको हो।

दुर्घटनामा गजुरी गाउँपालिका-६ का १९ वर्षीय सिरिश चेपाङ र सोही ठाउँका १७ वर्षीय सुरेश चेपाङ गम्भीर घाइते भएका छन्। उनीहरुलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation